सोल— दक्षिण कोरियाको सिहियुङमा विश्वकै ठूलो छालयुक्त स्विमिङपूल सञ्चालनमा आएको छ । पानीमा गरिने विविध खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज हुने उद्देश्य सहित उक्त पूलको सुरुवात गरिएको हो ।
कृतृम आइल्याण्ड बनाई उक्त आइल्याण्डमा नै बनाइएको उक्त कृतृम स्विमिङपूलले विहिबारबाट आफ्नो सेवा दिन थालेको छ । १ लाख ६६ हजार बर्गमिटर क्षेत्रफलमा बनाइएको उक्त पर्यटकीय गन्तव्य निर्माणमा करिव ४८६ मिलियन अमेरिकी डलर खर्च भएको छ ।
उक्त स्विमिङ पूलमा क्यानोइङ, स्कुवा डाइभिङ लगायतका खेलहरु सञ्चान गर्न सकिने छ । २२० मिटर लामो र २४० मिटर चौडा रहेको उक्त स्विमिङपूलमा हरेक ८ सेकेण्डमा २.४ मिटर सम्मका छालहरु उत्पन्न हुन्छन् । एक पटकमा १५० जना सम्मले उक्त स्विमिङपूलमा मनोरञ्जन लिन सक्ने सञ्चालकले बताएका छन् ।
सन् २०२५ सम्ममा सम्पूर्ण निर्माण सम्पन्न भइक्ने उक्त स्थानमा हाल इको साइन्स पार्क तथा फूड स्टलहरुको निर्माण कार्य चलिरहेको छ । उक्त पर्यटकीय गन्तव्य सिहियुङ नगर सरकार, ख्योङ्गी प्रान्त सरकार तथा कोरिया जलसम्पदा विभागको संयुक्त लगानीमा डाइवन प्लस कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस