सोल – दक्षिण कोरियाली विश्वप्रख्यात के-पप ब्याण्ड बिटिएसले हालै गरेको अनलाईन साङ्गितिक कन्सर्टमा विश्वभरका १९१ देशका ९,९३,००० बढी दर्शकहरुले सहभागिता जनाएका छन् । “बिटिएस म्याप अफ द सोल वान” नाम दिइएको उक्त कन्सर्ट कोरोना भाइरस संक्रमणका कारण अनलाइनका माध्यमबाट सञ्चालन गरिएको थियो ।
सुरुमा मानिस जम्मा गरेर तथा अनलाइन गरि दुई माध्यममा कन्सर्ट गर्ने योजना गरिएता पनि कोरोना संक्रमण दर बढेका कारण अनलाईन मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । उक्त कार्यक्रम शनिवार र आइतवार गरि दुई दिन सम्म सञ्चालन गरिएको थियो ।
बिटिएसले उक्त प्रत्यक्ष प्रशारणलाई “आर्मी कन्सर्ट” नाम दिएको थियो जसमा दर्शकहरुले घरमै बसेर कन्सर्टमा आबद्धता जनाउन सक्दथे । उनीहरुले आफूहरु दर्शकसँग जोडिएको आभाष दिलाउन दर्शकहरुलाई समेत प्रत्यक्ष प्रशारणमा जोडेका थिए ।
बिटिएसको यस अघि जुलाईमा आयोजित “ब्याङ ब्याङ कन” नामको अनलाइन कन्सर्टमा १०० बढी देशका करिव ७ लाख ५६ हजार बढी दर्शकको सहभागपता रहेको थियो । यस पटकको बिटिएस कन्सर्ट फोर के प्रविधिको भिडियो स्ट्रिमिङ गरेर गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस