सप्तरी – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १०औँ साधारणसभामा उनले देशमा सङ्कट आएको समयमा पत्रकारले खेल्ने भूमिका महत्वपूर्ण भएको बताएका हुन् ।
कुनै पनि अधिकार प्राप्तिको आन्दोलन होस् या देशलाई सङ्कट परेको खण्डमा पत्रकारले गरेको योगदान महत्वपूर्ण हुने उनले बए । सञ्चार क्षेत्रको विकासबिना देशमा सुशासन र समृद्धिको कल्पनासमेत गर्न कठिन रहेको बताउँदै मुख्यमन्त्री राउतले सञ्चारगृहको विकास हुनुपर्नेमा जोड दिएका छन् ।
प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासका लागि छिट्टै सञ्चार प्राधिकरण गठन र मिडिया काउन्सिलसम्बन्धी कार्य अगाडि बढाउन लागेको जानकारी दिँदै उनले प्रदेश सरकार सञ्चार क्षेत्र र पत्रकारको हकहित र उनीहरूको स्तरवृद्धि र समस्याप्रति गम्भीर रहेको उल्लेख गरे । सप्तरी जिल्ला आन्दोलनको ऐतिहासिक भूमि रहेको भन्दै मुख्यमन्त्री राउतले मधेसी समुदाय उत्पीडित, पिछडिएका वर्ग, दलित, जनजाति, मुस्लिम, महिलाले अधिकार प्राप्तिका लागि समय समयमा विभिन्न आन्दोलनसमेत गरेको बताएका छन् । मिडियाको भूमिका अग्रस्थानमा भए मात्र लोकतन्त्र सुरक्षित रहने उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रेस स्वतान्त्रका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । सामाजिक विकासमन्त्री नवलकिशोर साहले बर्सेनि आउने बाढीले क्षतिग्रस्त र डुबान हुने सप्तरीको पूर्वी भेगका जनताको समस्याका लागि प्रदेश सरकारले पनि चासो लिनुपर्नेमा जोड दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस