सोल — दक्षिण कोरियामा गत बर्ष आफ्ना श्रीमान तथा प्रेमीका कारणबाट ९७ जना महिलाले ज्यान गुमाएका छन् । अन्तराष्ट्रिय महिला दिवसका अपसरमा कोरियन महिला हटलाइनले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
मृतकहरुमध्ये ४५ जना आफ्ना श्रीमानका कारणले मृत्युवरण गरेका थिए भने बाँकी आफ्ना प्रेमीका कारणले मृत्युवरण गरेका थिए । उक्त तथ्याङ्कका अनुसार १३१ अन्य महिलाहरुले आत्महत्या प्रयास समेत गरेका थिए ।
उक्त हटलाइनका एक कर्मचारीका अनुसार हरेक १.६ दिनमा एक महिलालाई मर्न वाध्य बनाइएको छ । उक्त दर समाचारमा आएका तथ्याङ्कका आधारमा मात्र रहेको समेत उनले बताएका छन् ।
महिलाहरुको हत्याको प्रमुख कारण सम्बन्ध विच्छेद पश्चात पुनः मिलनमा महिलाले देखाएको अरुची रहेको छ । सोही कारणले ५७ जना महिलाले ज्यान गुमाएको अधिकारीहरुले जनाएका छन् ।
एक बर्षमा महिला हिंसाका ३९००० वटा उजुरी संस्थामा आएको र त्यसमध्ये ४२.९ प्रतिशत पूर्व पति तथा प्रेमीका कारण भएको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस