काठमाडौं- कोरोना संक्रमणले रोकिएको कक्षा-१२ काे परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बैठकले उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गर्ने निर्णय गरेको हो ।
एसइई परीक्षा भने वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।
उनले भने, “कोरोना संक्रमण जोखिम अझै कायमै छ । त्यसैले एसइई परीक्षा भौतिक उपस्थितिमा गर्ने सम्भावना नभएको वैकल्पिक विधिबाट गर्ने भनेर मन्त्रालयमा हिजो सिफारिस गरेका छौँ,मन्त्रालय सिफारिस स्वीकृत गरेपछि अरू थप परीक्षाबारे निर्णय लिएर सार्वजनिक गर्छाैँ,कक्षा-१२ को भने भौतिक उपस्थितिमै हुन्छ।”
उनका अनुसार कक्षा-१२ को तत्काल हुँदैन । परीक्षा साउन वा भदौ महिनामा उपयुक्त समयमा सञ्चालन गरिनेछ। यसका लागि पाठ्यक्रम संशोधन गरिने उनले बताए ।
कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसइई र कक्षा-१२ को परीक्षा स्थगित गरेको थियो । यही जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा-१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर, कोरोनाका कारण परीक्षा हुन सकेन् ।
परीक्षा स्थगित गरेकै दिन शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठित कार्यदलले १५ दिनभित्र परीक्षा मोडल तयार पारेर बोर्डमा प्रतिवेदन बुझाउनुपर्ने निर्णय पनि भएको थियो । सोहीअनुरूप कार्यदलले एसईई र कक्षा-१२ को परीक्षाको मोडालिटी प्रतिवेदन गत बिहीबार बोर्डलाई बुझाएको थियो ।
प्राडा पौडेलका अनुसार कार्यदलले बुझाएको प्रतिवेदनमा सरोकारवालाहरूले वैकल्पिक विधि,आन्तरिक मूल्यांकन र बढी उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गराउनेलगायत सुझाव दिएको थियो । यस वर्षकाे एसइई परीक्षा दिनेमा करिब पाँच लाख विद्यार्थी रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस