सोल- दक्षिण कोरियामा नेपाली कविहरूको संयुक्त कविता संग्रह ‘यो मेशिनको शहर हो’ले २५ लाख कोरियन वनको पुरस्कार पाएको छ।
यहाँको प्रतिष्ठित साहित्य संस्था हेसान बाग्दुजिनले सो कृतिलाई ‘एसिया भिजन’ नामक पुरस्कार संयुक्त रुपमा प्रदान गरेको हो ।
कोरियाका लोकप्रिय कवि स्व. बाग्दुजिनको नाममा स्थापित उक्त संस्थाले प्रतिष्ठित बाग्दुजिन पुरुस्कार र आन्सङ पुरस्कार प्रदान गर्दै आएको थियो ।
संस्थाले यो बर्षदेखि ‘एशिया भिजन पुरस्कार’ प्रदान गर्न सुरु गरेको हो । पहिलो पटक प्रदान गरिएको यो पुरस्कार चिनिया कवि जनउन्जी र नेपाली कविहरूको पुस्तकलाई संयुक्त रूपमा प्रदान गरिएको हो ।
५० लाख कोरियन वन (नेपाली रुपैयाँ पाँच लाख बराबर) नगद राशीको उक्त पुरस्कार दुई कृतिलाई संयुक्त रुपमा प्रदान गरिएका कारण नेपाली कृतिले २५ लाख वन हात पारेको हो ।
कार्यक्रममा नेपाली पुस्तक ‘यो मेशिनको शहर हो’को समीक्षा गर्दै एशिया फाउन्डेसनका अध्यक्ष जो नामछलले विदेशमा कामदारको रूपमा कार्यरत भए पनि नेपाली कविहरूको कवितामा उच्च काव्यिक चेतना रहेको बताए ।
कार्यक्रममा नेपाली पुस्तक टोलीको प्रतिनिधिको रूपमा अनुवादक तथा कवि मोहन कार्कीले गत आइतबार पुरस्कार ग्रहण गरेका थिए ।
पुरस्कारको रकमले कोरियामा रहेका नेपाली कथाकारहरूको कथालाई अनुवाद गरि कोरियन भाषामा प्रकाशन गर्ने योजना रहेको समेत कार्कीले बताए।
कोरियामा रोजगारी लगायत विविध पेसामा आवद्ध नेपाली ३५ कविहरूको ७० कविता समावेश भएको कविता सङ्ग्रह ‘यो मेसिनको शहर हो’ गत पुसमा प्रकाशन भएको थियो ।
कृतिमा कवि सुरेशसिंह सम्बाहाङ्फे, सेसेफुङ सेर्मा, जीवन खत्री, बोनम प्रताप, सुष्मा रानाहँछा, शकुन आँशु, खोम गुरुङ, बाबु बलिन्द्र, सुन्दर गाउँले, निर्गराज राई, रमेश सायन, गनिन्द्र विवश, रामकुमार राई, सुनिल दिप्त राई, मधु सिङ्जाली मगर, विङ्कल चेम्जोङ, सञ्जय काउछा, दीपा मेवाहाङ राई, यल्जी विवश, वियोगी काइँला लगायतका कविता समाविष्ट छन् ।
पराजित पोमुले सम्पादन गरेको यो कृतिलाई कोरियन कवि इ गिजु(मुना) र मोहन कार्कीले अनुवाद गर्नु भएको हो । नेपाली भाषामा लेखिएका कवितालाई कोरियन भाषामा अनुवाद गरि कोरियाको प्रतिष्ठित प्रकाशन गृह ‘नाम्छाड’ले गत पौषमा प्रकाशन गरेको थियो ।
कविता कृति ‘यो मेशिनको शहर हो’ नेपाली भाषामा पनि प्रकाशन गर्ने योजना रहेको प्रकाशकले बताएका छन् ।
यस कृतिलाई यसअघि पनि ‘रेड अर्वार्ड’ प्रदान गरिएको थियो । केही महिना अघि राजधानी सोलमा रुसी बोल्सेभिक क्रान्तिको स्मृतिका अवसरमा ‘रेड अवार्ड’ प्रदान गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस