सोल-एउटा विज्ञापनमा महिलालाई गाईका रूपमा प्रस्तुत गरेपछि दक्षिण कोरियाको एउटा डेरी उद्योगले माफी मागेको छ ।
विज्ञापनबारे चौतर्फी आलोचनापछि सोल मिल्कले माफी मागेको हो । ‘२९ नोभेम्बरमा सार्वजनिक भएको एउटा दूधको विज्ञापनका कारण असहज महसुस गर्नुहुने सबैसँग हामी माफी माग्छौं,’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।
सर्वत्र विरोधपछि कम्पनीले युट्युबबाट भिडिओको प्रोमो हटाएको थियो । तर, समाजिक सञ्जालका प्रयोगकर्ताले फेरि सो भिडियो अपलोड गरेका थिए ।
के छ विज्ञापनमा ?
भिडियाे विज्ञापनमा एक पुरुषले चउरमा रहेका महिलाको एउटा समूहको गोप्य रूपमा भिडिओ खिचेको देखाइएको छ । केही समयपछि ती महिलाहरू गाईमा परिवर्तन हुन्छन् । ती महिलाहरु चउरमा बिरुवाको पातबाट चुहेको पानी पिउँदै गरेको र घाँसे मैदानमा चरेको जस्ताे देखिन्छन् ।
विज्ञापनमा देखाइएको पुरुषको व्यवहारलाई दक्षिण कोरियाको विद्यमान ‘मोल्का’ प्रवृत्तिसँग दाँजिएकाे छ । गैरकानुनी ढंगले अन्य व्यक्तिको लुकेर भिडिओ खिच्नुलाई दक्षिण कोरियामा मोल्का भनिन्छ । परम्परागत रुपमा यसलाई अनैतिक र असभ्य मानिन्छ ।
भिडियोमा हेर्नुहोस
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस