कविता
अस्ति मात्र सरकार आएको थियो ।
हातमा त्रिपाल बोकेर
अरुपनि आएका थिए
दान, दक्षिणा बटुलेर
कोही स्याउ ,कोही केरा बोकेर
केही मोबाईल, क्यामेरा लिएर
धेरैंले चाही सेल्फी लिए
थोरैंले धेरैं आश्वासन दिए ।
लाग्थ्यो अब यो आकाश कहिले चुहिने छै्रन् ।
कोशी उर्लेर घरखेतमा धान नाँच नाँच्ने छैंन् ।
टोर्नाडो आएर सपनाको झांङ उखेलेर लाने छैंन् ।
२०७२ सालमा आएको भुकम्प
पmेरी यो बाटो संझी भुलेर आउने छैंन् ।
यहाँ कहिले बगाएर लान्छ ।
कहिले उठाएर लान्छ ।
कहिले हल्लाएर जान्छ ।
हरेक चोटी आँउदा
केही न केही लिई जान्छ ।
कोशीले हजुर बा,
भुकम्पले दिदी, दाइ
टोर्नाडोले बैंनी र भाई
आमा मलाई डर लाग्छ
कोही न कोही किन आईरहन्छन् ?
सबैं आउनेहरु राहतको नाममा
बाँडछन् पिडैंपिडाको चुहिने पाल मात्र
आमा साँच्ची यिनीहरु को ?हुन् ।
भुकम्प,बाढी,टोर्नाडो
जो आईरहन्छन् बारबार
आमा अपराधी राख्ने जेल छ रे नि
सबैंलाई कोचीदिऊ त्यहाँ हुन्न ?
फर्केर कहिल्यैं नआउने गरी
तर आमा निर्मला दिदीको हत्यारा
पक्राउ परेको छैंन् रे
३३ किलो सुन तस्कर बेपत्ता छ रे ।
कति छन् न्यायको खोजीमा काकाकुल बनेका
के आमा हाम्रो देशमा न्यायको हत्या
भएको हो र ?
यो देशको कानुन बनाउने मान्छे
ढुंगाको मुर्ति हुन् ?
संसद भवन भित्र के हुन्छ आमा ?
त्यो भगवान बस्ने घर हो ?
मान्छेहरु पुजारी बनेर के पुज्छ ?त्यहाँ
हामी बस्ने ठाँउ आर्यघाट हो ?
जहाँ मृत्यु घाट कुरेर बसीरहेको हुन्छ हो ?आमा
ऐश्वर्य श्रेष्ठ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस