सल्यान- प्राविधिक जागिर छोडेर दूग्ध व्यवसाय सञ्चालन गरेका एक व्यावसायीले वार्षिक ३० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।
वागचौर नगरपालिका–७ का प्रेमबहादुर डिसीले व्यवसाबाट स्वरोजगार हुँदै १५ जना स्थानीयलाई रोजगारी दिनुभएको छ ।
दैनिक ४० लिटरबाट दूध संकलन गरेका व्यवसायी डिसीले अहिले दैनिक तीन हजार लिटरभन्दा बढी दूध संकलन गर्दै आउनुभएको छ । अहिले उहाँको जीवन डेरी उद्योगकोबाट पहिलोपटक जिल्लाबाहिर पनि दूध निर्यात हुन थालेको छ ।
विसं. २०६९ सालमा लघु उद्यम विकास कार्यक्रममा कृषि उद्यम विकास सहजकर्ताको जागिर छाडेर व्यवासय सञ्चालन गरेका डिसीले अहिले पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाबाट समेत दूध संकलन शुरु गरेको बताउनुहुन्छ । उद्योगबाट हाल दुइ जिल्लाका पाँच सयभन्दा बढी लाभ लिइरहेका छन् ।
विसं. २०६८ मा जिल्ला पशु सेवा कार्यालय सल्यानले दूध उत्पादनको सर्वेक्षण अनुसार जिल्लामा दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ । दूध बिक्री हुन थालेपछि भैसीपालनतर्फ किसानहरु आकर्षित भएको डिसीले जानकारी दिनुभयो ।
व्यवसाय सञ्चालनका लागि हालसम्म करिब एक करोड ५० लाखभन्दा बढी लगानी गरिएको उहाँको भनाइ छ ।
किसानहरुले दूध उत्पादन गरी बिक्री वितरणबाट राम्रो आम्दानी गर्न थालेपछि दार्मा गाउँपालिकाले व्यावसायिक भैँसीपालनका लागि भैसी तथा राँगा समेत वितरण गरेको जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस