खोटाङ – किसानलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउन खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ग्लोबल आइएमई बैंक र आरए ण्ड डि इनोभेटिभ सोलुसनबीच कर्जा सहजीकरण सम्बन्धी समझदारी भएकाे छ ।
व्यवसायिक कृषिमार्फत आत्मनिर्भर किसान बनाउन इनोभेटिभका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नगरपालिकाका उपमेयर विणादेवी राईले त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
कृषि व्यवसाय तथा उद्यम गर्नका लागि आवश्यक वित्तिय, प्राविधिक, बजार व्यवस्थापन तथा समन्वय गरी साना स्तरका किसानलाई व्यवसायिक कृषिमा व्यवस्थित गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य गर्न समझदारी भएकाे नगरपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका करिब एक हजार किसानलाई साना कृषि कर्जा प्रवाह गर्ने लक्ष्य राखिएकाे छ । बैंकले ५ वर्षका लागि प्रतिकृषक बढीमा २ लाख कर्जा स्वीकृत गरी लगानी गर्ने उपमेयर राईले बताइन् ।
किसानलाई प्राप्त कर्जा तथा अन्य स्राेतसाधनको सदुपयोग तथा दक्षता अभिवृद्धिसँग सम्बन्धित विषयमा निःशुल्क तालिम पनि दिइने भएकाे छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस