महोत्तरी- साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागेपनि राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रबार साँझको वर्षाले राहत दिएको हो । शुक्रबारको वर्षा महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा बढी परेको छ ।
धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोलाई भने वर्षाले मर्नबाट बचाएको महोत्तरीका किसानको भनाइ छ । पछिल्लो वर्षाले उखु, पहेँलिँदै गरेको तरकारी र फलफूलका यसपालि रोपिएका बिरुवालाई राहत दिएको बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतोले बताए ।
महोत्तरीमा यसपालि असार मध्य यता राम्ररी वर्षा नहुँदा अपेक्षित धान रोपाइँ हुन सकेको छैन । जिल्लामा कूल खेतीयोग्य जग्गा करिब ७० हजार हेक्टरमध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि योग्य मानिन्छ ।
जिल्लामा हालसम्म ५० प्रतिशतभन्दा केही बढीमात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले जनाएको छ । अब पनि राम्रो वर्षा भए खरुवन (कलम, पहिलेको रोपो गाँजिएपछि उखेलेर फेरि रोप्ने कार्य) रोप साउन भरी गर्न सकिने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादव बताउछन् । जिल्लाका कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमात्र सिञ्चित हुँदा यहाँको खेती आकाशे पानीकै भरमा हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस