काठमाडौं-जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईको दशैं तिहार लक्षित “सेन्साई ३ को झट्का” योजना अन्तर्गतको पहिलो लक्की ड्रको विजेता बिरगंज निवासी अकलेशकुमार पटेल भएका छन।
पहिलो लक्की ड्रको बिजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबूक पेज मार्फत लाइभ घोषणा गरिएको हो
विजेता पटेलले एप्पल आइप्याड १०.२ जितेका छन् । उनले बिरगंजको आरके ईलेक्ट्रोनिक्स् मार्फत सेन्साईको चेस्ट-फ्रीज़र खरिद गरेका थिए।
सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा “आर १५ भिथ्री बाईक” र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने छ।
योजनामा लक्की ड्र मार्फत अझै पनि थुप्रै भाग्यशाली विजेताहरु घोषणा गर्न बाँकी नै रहेको कम्पनीले जनाएको छ । यो योजनाको लक्की ड्रमा सहभागी हुन ग्राहकले सेन्साईका कुनै पनि सामानको खरिदपश्चात अङ्ग्रेजीमा सेन्साई टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्एमएस् गर्नुपर्नेछ। यो योजना अब केही दिनको लागि मात्र बाँकी रहेको कम्पनीले जनाएको छ ।
सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरुका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।
नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गर्दै आएको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस