काठमाडौँ-विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभो, नेपालमा छोटो समय अवधिमै देशको लोकप्रिय स्मार्टफोन ब्राण्ड बनेको छ ।
आफ्नो ग्राहक–केन्द्रित दृष्टिकोणलाई पछ्याउदै, भिभो सधैं नवीन प्रविधिद्वारा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न प्रयासरत छ । उत्कृष्ट क्यामेरा क्षमता, तिव्र चार्ज हुने टेक्नोलोजी, अत्याधुनिक डिजाइन लगायतमा नवीन प्रविधिमार्फत भिभोले आकर्षक विशेवषताहरु प्रदान गर्दै आइरहेको छ ।
ब्रान्डको मुख्य फोकश भनेको ग्राहकको आवश्यकता वरिपरि केन्द्रित रहेर उनीहरूको लागि अझ उत्कृष्ट प्रविधिको विकास गर्न निरन्तर लागि पर्नु हो ।
भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भन्नुभयो, “नेपालमा भिभोले छोटो समयमा यति धेरै उपलब्धि हासिल गरेको देख्दा खुशी लाग्छ । भिभोमा, हामी निरन्तर देशमा उत्कृष्ट प्रविधिहरू र अत्याधुनिक विशेषता भएका स्मार्टफोनहरू ल्याएर उपभोक्ताको मागहरू पूरा गर्दै आइरहेका छौं । भिभोले बेन्फेन (सही चीजहरू गर्ने र तिनीहरूलाई सही तरिकाले गर्ने) अवधारणामा विश्वास गर्दछ । यसैबाट निर्देशित भएर, हामी यहाँ हाम्रा ग्राहकहरू र साझेदारहरूसँग सुमधुर सम्बन्ध निर्माण गर्नुका साथै नेपालमा सेवाहरु प्रदान गर्न र विस्तार गर्न जारी राखेका छौं । हाम्रा ग्राहकहरू, च्यानल साझेदारहरू, वितरकहरू र खुद्रा विक्रेताहरूले हामीलाई दिनुभएको माया र निरन्तर सहयोगका लागि कृतज्ञ छौं ।”
नेपालमा शुरुवातदेखि नै भिभोले ग्राहकको आवश्यकता र सन्तुष्टिमा विशेष ध्यान दिँदै आइरहेको छ । हाल भिभोको देशभर हजारभन्दा बढी रिटेल स्टोरहरू छन् । र, नेपालमा विभिन्न स्थानमा रहेका ४ वटा सर्भिस सेन्टरमार्फत भिभोले सहजै ग्राहकहरुको समस्या समाधान गर्दै आइरहेको छ ।
साथै, भिभोले आफ्ना उपभोक्ताहरूलाई थप सेवा तथा सुविधाहरु प्रदान गर्न प्रत्येक महिनाको २७ देखि २९ तारिखसम्म भिभो सर्भिस डे तथा अन्य विभिन्न पहलहरू संचालन गर्दै आइरहेको छ । “भिभो सर्भिस डे” का दिन ग्राहकहरूले फोन सफा गर्न, डिस्इफेक्टेन्ट, सिस्टम रिकभरी, सफ्टवेयर अपग्रेड, एक–घण्टा फ्ल्यास मर्मत, निशुल्क श्रम मर्मत र सुरक्षात्मक स्टिकरहरू सहित बिक्री पछिका सेवाहरूको निःशुल्क लाभ लिन सक्नेछन् ।
भिभो नवीनता र प्रविधिमा विश्वास गर्ने ब्रान्ड हो जसले प्रत्यक्ष रूपमा जीवनशैली र जीवन जिउने तरिकालाई सुर्धान मद्दत गर्दछ । यसलाई सुनिश्चित गर्दै, भिभोले सबैका आवश्यकताहरू पूरा गर्न विभिन्न प्रकारका नवीन र अत्याधुनिक उत्पादनहरू प्रदान गर्दछ । वाई शृङ्खलाका स्मार्टफोनहरू युवा श्रोताहरूका लागि शक्तिशाली प्रदर्शन, उच्च गुणस्तरको क्यामेरा र ब्याट्रीका साथ तिनीहरूको हरेक आवश्यकता पूरा गर्न र तिनीहरूको जीवन शैलीलाई समर्थन गर्न डिजाइन गरिएको हो । अर्कोतर्फ, भी सिरिजले नयाँ क्यामेरा प्रविधि, शक्तिशाली कार्यसम्पादन, र प्रचलित डिजाइनका साथ सहज प्रयोगकर्ता अनुभव प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई फेसनशील रहन र फोनलाई आफ्नो स्टाइलसंग म्याच गर्न सक्षम बनाउँछ । भी सिरिजले भी२३ र भी२५ सिरिजमा रंग परिवर्तन हुने ग्लास टेक्नोलोजी ल्याएको छ जसले प्रयोगकर्ताहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
प्रयोगकर्ताहरूलाई उत्कृष्ट स्मार्टफोन अनुभव प्रदान गर्नुका साथै भिभोले नेपालका आफ्ना कर्मचारीहरूलाई समानान्तर रूपमा प्राथमिकतामा राखेको छ । भिभोमा विभिन्न –एफएमसीजी, आतिथ्यता, इलेक्ट्रोनिक्सलगायत विभिन्न उद्योगको अनुभव बटुलेका ५० भन्दा बढी स्थानीय कर्मचारीहरू छन् । भिभोले कार्यस्थलमा सिकाइ वातावरणको महत्व र आवश्यकतालाई बुझेको छ जसले कर्मचारीहरूको कामप्रति सन्तुष्टि सुनिश्चित गर्दै भिभोसँगै आफुलाई वृद्धि गर्न सक्षम बनाउँछ । भिभोका कर्मचारीहरूलाई निरन्तर नवीनतामा प्रोत्साहित गरिन्छ र उनीहरूको क्यारियर विकासका लागि आवश्यक स्थान र स्रोतहरू प्रदान गरिन्छ ।
भिभोले नेपालमा उत्कृष्ट स्मार्टफोन अनुभवहरू प्रदान गर्न आफ्नो नवप्रवर्तन–नेतृत्वको दृष्टिकोणबाट अवसरहरू पहिचान गरी चुनौतीहरू पार गर्दै अगाडि बढ्ने आशा राखेको छ । नेपाली प्रयोगकर्ताहरुले देखाएको निरन्तर माया र समर्थनका कारण आज भिभो देशकै लोकप्रिय स्मार्टफोन ब्रान्ड बनेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस