बागलुङ – कोरोना भाइरसको सङ्कटमा अग्रभागमा खटिनेलाई निकै चुनौती छ । त्यसैले कोरोना सङ्कटमा अग्रभागमा खटिनेलाई हौसला प्रदान गर्न बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले कोरोना बीमा गर्ने निर्णय गरेको छ ।
कोरोना रोकथाम, उपचार, सचेतना, बन्दाबन्दीको पालना गराउने तथा जनतालाई सुसूचित गर्नका लागि गाउँपालिकाभर अग्रभागमा खटिने १०० जनालाई कोरोना बीमा गर्ने निर्णय भएको बरेङ गाउँपालिकाले जनाएको छ ।
कोरोना सङ्कटको बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मीसहित १०० जनाको प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको कोरोना बीमा गरिने गाउँपालिकाका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए ।
शर्माका अनुसार गाउँपलिकाले प्रत्येक व्यक्तिको रु एक लाखको कोरोना बीमा गर्दा ६०० रुपैयाँ प्रिमियम भुक्तिनी गर्ने छ । कोरोना बीमाका लागि गाउँपालिकाले रु ६० हजार खर्च गर्नेछ ।
गाउँपालिकाले स्वास्थ्यकर्मीसँगै स्वास्थ्य संस्थाका कार्यालय सहयोगी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुको लागि कोरोना बीमा गर्न थालेको अध्यक्ष शर्माले जानकारी दिए ।
गाउँपालिकाले ३० स्वास्थ्यकर्मी, १० पत्रकार, १५ कर्मचारी, पाँच सुरक्षाकर्मी र अन्य अग्रभागमा काम गर्ने जनप्रतिनिधि गरी १०० जनाको कोरोना बीमा गर्नेछ ।
कोरोना सङ्कटको समयमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीलगायतकोे आत्मबल बढाउनका लागि गाउँपालिकाले कोरोना बीमा गर्न थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस