काठमाडौं-युवा वर्गमा बीमा सम्बन्धि जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘बिमा जागरण राष्ट्रिय अभियान’ प्रारम्भ गरेको छ।
आश्विनको पहिलो हप्ताबाट शुरु गरिएको अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको कम्पनीले जनाएको छ ।
यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियान संचालन गरिएको छ ।
आज बुधबार विहान बेनी सामूदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरु सहभागि भएका छन ।
प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर दिलमाया विटालुले राखेकी थिईन ।
सावित्रा खत्रीले संचालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए।
यसै क्रममा हिजो आश्विन १९ गते धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि युवासंग महालक्ष्मी लाईफू बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।
२५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले गरेका थिए ।
कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले संचालनगरेको कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस