काठमाडौँ- लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सरकारले सुरु गर्ने भएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अन्य अधिकारीहरूलाई कोरोना बीमाका विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारी थाल्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयका अनुसार, कोरोना बीमाको भुक्तानीका लागि आवश्यक पर्ने स्रोत साधनका बारेमा पनि छलफल गरेका हुन् । विभिन्न बीमा कम्पनीले बीमितहरूलाई कोरोना बीमाको ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । यसमा सरकार, बीमा समिति, पुनर्बीमा कम्पनीलगायतको दायित्व छ । सरकारको दायित्वमा पर्ने कोरोना बीमा दाबी भुक्तानीको रकम निकासामा चौतर्फी दबाब परेपछि मन्त्री शर्माले सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गरेका हुन् ।
कोरोना बीमा दाबी भुक्तानीका विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस