काठमाडौं- फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ। त्यो अभिनय थियो। त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ। यो समाचार आजको अन्नपूर्ण दैनिकले छापेको छ |
गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको थयो। विवाह थियो-संघीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोका भतिजको।
पढाइ रोकेर आयोजना गरिएको भोजमा स्थानीय जनप्रतिनिधि र नेताहरू सामेल भए। गन्नेमान्ने निम्तालुले बालबालिका बसेर पढ्ने डेक्स–बेन्चमा भोज खाएको दृश्य रमितलाग्दो थियो।
ठूला व्यक्तिको बिहेमा बराती राख्न र विवाह भोज खुवाउन पहिलेदखि नै स्कुल बन्द गराउँदै आएको व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन रामले बताए। ‘व्यवस्थान समितिले नै विद्यालयको जग्गा दातालाई आवश्यक परेमा विवाह र व्रतबन्ध गर्न एक दिन स्कुल बन्द गर्न पाइन्छ भन्ने निर्णय गरेको छ। त्यहीअनुरूप मंगलबार विद्यालय बन्द गरेर विवाह भोज भयो,’ उनले भने।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस