पाँचथर-जिल्ला पुर्बधार बिकाश कार्यालय पाँचथर र आयाम ईन्जिनियरिङ रिसर्च एण्ड कन्सल्टेन्सी र सुरक्षित र दिगो यात्रा नेपालको सहकार्यमा सडक सुरक्षा सम्बन्धि जनचेतनामुलक कार्यक्रम पाँचथरमा सम्पन्न भएको छ ।
असार १ गते देखि सुरु गरिएको कार्यक्रम मंगलवार सकिएको वताइएको छ । कार्यक्रमले पाँचथरका विभिन्न गाउपालिका तथा नगरपालिका का बिद्यालय, समाज तथा बसपार्कमा सचेतना अभिवृध्दि गरेको छ ।
कार्यक्रममा विभिन्न सडक सुरक्षा सम्बन्धि प्रस्तुतिहरु बिद्यार्थी, चालक, सहचालक तथा स्थानियहरुको सहभागिता थियो । सचेतना कार्यक्रमले बाया बाट हिड्नु पर्ने कुरा ठिक होइन र ‘RIGHT HAND WALKING’ अर्थात सडकपेटी नभएको ठाउमा दाया बाट हिड्नु पर्छ भनि ध्यानाकर्षण गरिएको थियो ।
कार्यक्रमले जेब्राक्रसको प्रयोग,बालवालिकालाई अभिभावकहरुले सहयोग गर्ने सन्दर्भ, बालवालिकालाई डोर्र्याएर हिंड्दा सडक भन्दा कुना तर्फ पारेर हिंड्ने,यात्रामा चालकलाई यात्रुहरुले निगरानी गर्ने,छलमा वा झुन्डिएर यात्रा नगर्ने,नियमित सवारी साधनको चेकजाँच, ओभरटेकमा ध्यान दिने ,सीटवेल्टको प्रयोग ट्राफिक नियमको पालना जस्ता विषयवस्तुहरु सचेतनामा गरीएको वताइएको छ ।
यस्तै अरु धेरै सडक सुरक्षा सम्बन्धि कुरा प्रस्तुत गर्दै बिद्यार्थी र चालकलाइ सडक सुरक्षा सम्बन्धि पम्प्लेट , रिफ्लेकटिङ इस्टिकर, माक्स, टिसर्टहरु श्रव्य दृष्य सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।
पाँचथरका तुम्बेवा, मिक्लाजुंङ, फाल्गुनन्द, हिलिहाङ, याङवरक गाउँपालिका र फिदिम नगरपालिकाका सहित ६ वटा स्थानिय तहका १० वटा विद्यालयहरु सहित अन्य सार्वजनिक क्षेत्रमा समेत कार्यक्रम गरीएको सुरक्षित र दिगो यात्रा नेपाल काठमाण्डौका प्रदेश संयोजक साहिल दाहालले वताए ।
आजको गाउपालिका तथा नगरपालिका भोलिको दिनमा बिकाश संगै उपमहानगरपालिका वा महानगरपालिका हुन समय लाग्दैन र बिकाश संगै सडक विस्तारको गतिले तीव्रता लिन्छ र सडक सुरक्षाको समस्या आउन सक्ने कुरालाई दृष्टिगत गरी कार्यक्रम संचालन गरीएको र यो कार्यक्रमलाई आगामि दिनमा थप प्रभावकारी ढंगले विस्तार गर्दै लैजाने समेत दाहालले वताए ।
सडकको विस्तारसँगै दुर्घटना बढ्ने तथ्यलाई मध्यनजर गर्दै सुरक्षित र दिगो यात्रा नेपालले अन्य विभिन्न सहयोगि निकायहरुको सहकार्यमा सडक सुरक्षा जनचेतना अभियान सुरु गरेको वताइन्छ ।
सडक सुरक्षा अभियान अन्तर्गत पाँचथरको याङवरक गाउँपालिका स्थित गणेश माविमा वालवालिका र स्थानियहरुलाई सचेतना गर्दै अभियानका साहिल दाहाल । तस्बिर -लेखनाथ खतिवडा
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस