काठमाडौंमा-भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण द्रुत गतिमा अगाडि बढिरहेको छ । बुधवार मात्रै काठमाडौंका ४ विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले बुधवार एकैदिन काठमाडौंका ४ विद्यालयलाई नवविर्मित भवन हस्तान्तरण गरेको हो ।
इकाईले बुधवार बिहान ७ बजे बलम्बु मावि बलम्बु, ८ बजे ज्ञानोदय मावि बाफल, १२ बजे जितपुर मावि, जितपुर र दिउँसो ३ बजे जनजागृति मावि कपनलाई नवनिर्मित भवन हस्तान्तरण गरेको हो ।
केहि दिन अगाडि पनि काठमाडौं इकाईले एकै दिन ४ विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेको थियो ।
बुधवार एक भव्य समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ज्ञानोदय माविलाई नवनिर्मित भवन हस्तान्तरण गरेका थिए । अन्य विद्यालयहरुलाई स्थानीय तहका प्रमुखहरु मार्फत भवन हस्तान्तरण गरिएको हो ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले अब साुदायिक विद्यालय सबलीकरणको महाअभियान शुरु भएको उद्घोष गरे ।
सरकारले २०७६–०८६ लाई सामुदायिक विद्यालयको सबलीकरण वर्षको रुपमा मनाउन लागेको स्पष्ट पार्दै मन्त्री पोखरेलले शिक्षण सिकाइमा सुधार र गुणस्तर अभिवृद्धिका लागि सवैले नयाँ तरिकाले सोच्नुपर्ने आवश्यकता औंल्याए ।
केन्द्रिय आयोजना कार्यान्वयन इकाई(शिक्षा)का उपनिर्देशक युवराज पौडेलले नयाँ भवनमा गुणस्तरीय शिक्षा दिन विद्यालयहरुसँग आग्रह गरे ।
जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) काठमाडौंका प्रमुख अर्जुन रायमाझीले आफूहरुले बनाइदिएको नयाँ भवनमा विद्यार्थी भर्न र गुणस्तरीय शिक्षा दिन आग्रह गरे । नयाँ भवनमा कार्यालय नराखी विद्यार्थी मात्रै राख्न उनको आग्रह थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस