बुटवल । वैज्ञानिक उत्पादन गर्ने विद्यालयको छवि बनाएको बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविमा कक्षा ११ मा भर्ना गर्न थेगिनसक्ने गरी विद्यार्थीको चाप बढेको छ । एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयमा कक्षा ११ मा भर्ना गर्न विद्यार्थीको ओइरो लागेका हुन् ।
निजी कलेजहरुको तडकभडक नाघेर अभिभावक र विद्यार्थीको भर्नाको चाप सामुदायिक विद्यालयमा बढेको हो । सांसद, अधिवक्ता, उद्योगीब्यापारी, शिक्षक कर्मचारीहरु यतिबेला आफ्ना छोराछोरी कक्षा ११ मा भर्ना गर्न विद्यालयमा पुग्ने गरेका छन् ।
विद्यालयले असार १७ देखि २० गते सम्म प्रवेश परीक्षाका लागि फारम खुलाएको थियो । तर, पहिलो दिन नै फारम सकिएपछि फोटोकपी गरेर फारम वितरण गरिरहेको छ । प्रवेश परीक्षा असार २१ ग्ते शनिवार हुने विद्यालयले जनाएको छ ।
यसै शैक्षिक सत्रदेखि विज्ञान संकाय पनि शुरु गरेको विद्यालयमा व्यवस्थापन संकाय र प्राविधिक शिक्षातर्फ सिभिल इञ्जिनियरको पनि पढाइ हुँदै आएको छ ।
यसअघि एसएलसी र टिएसएलसी परीक्षामा पनि निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयले यस वर्ष देखि विज्ञान संकाय शुरु गरेको र ५ नम्बर प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयले विज्ञान संकाय पढ्ने छात्राहरुलाई प्रोत्साहन स्वरुप मासिक एकहजार दिने नीति बनाएको हुँदा विद्यार्थीहरुको आकर्षण बढेको र विद्यार्थीं थाम्नै मुस्किल भएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए ।
विद्यालयले विज्ञान संकायमा बुटवलका ख्यातिप्राप्त भिजिटिङ प्रोफेसरहरुबाट विशेष कक्षा दिने योजना बनाएको प्रअ बस्नेतले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले विद्यालयमा अत्याधुनिक विज्ञान प्रयोगशाला निर्माण गरिदिएको छ ।
यस्तै प्रदेशसरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले सिभिङ इञ्जिनियरिङ कक्षालाई प्रयोगात्मक बनाउन टोटल स्टेशन, सर्भे तथा ल्यावका महत्वपूर्ण सामग्री खरिदमा २० लाख बजेटसमेत विनियोजन गरिदिएको प्रअ बस्नेतले जानकारी दिए ।
यसै विद्यालयबाट टि एसएलसी उत्तीर्ण लव–कुश पन्थीले बनाएको आवाज निकाल्ने र विभिन्न काम गर्ने गो–गो रोवर्ट राष्ट्रियस्तरमै चर्चाको शिखरमा छ । उनीहरुलाई प्रोत्साहनस्वरुप बुटवल उपमहानगरले १ लाख र विद्यालयले २० हजार दिएको थियो । यसैगरी, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले हालै वैज्ञानिक अन्वेषण अवार्ड २०७६ र नगद पुरस्कारबाट सम्मानित गरेको छ ।
मन्टेश्वरीदेखि कक्षा १० सम्म पूर्ण अंग्रेजी माध्ययममा पठनपाठन हुने यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान र सिसिभल इञ्जिनियरिङ पनि पूर्ण अंग्रेजी र व्यवस्थापन संकाय अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस