काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको मिति सारेको छ । यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ ।
परीक्षाको मिति सारेपछि बोर्डले आइतबार संशोधित तालिका सार्वजनिक गरेको छ । संशोधित तालिका अनुसार भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ ।
भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ । भदौ २ गते गैह्र नेपाली विद्यार्थीहरुका लागि अंग्रेजी विषयको परीक्षा निर्धारण गरिएको छ ।
भदौ ३ गते अनिवार्य गणित र भदौ ४ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन हुने बोर्डको संशोधित तालिकामा उल्लेख छ । त्यसैगरी भदौ ५ गते प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एण्ड मार्केटिङ, इन्जिनियरिङ ड्रइङ्ग, कम्प्युटर रिपेयर एन्ड मेन्टेनेन्स र बेसिक म्युजिक विषयको परीक्षा हुने छ ।
भदौ ६ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषाको परीक्षा हुने छ । त्यस्तै भदौ ६ गते नै प्राविधिकतर्फ अक्वाकल्चर एण्ड फिसरिज, इलेक्ट्रिकल मेजरमेन्ट एण्ड इन्स्ट्रुमेन्ट, कम्प्युटर नेटवर्क, इन्जिनियरिङ सर्भे र म्युजिक अफ नेपालको परीक्षा हुने छ ।
भदौ ७ गते शनिबारको दिन पनि परीक्षा तोकिएको छ । यस दिन ऐच्छिक प्रथमका सबै विषयहरु र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुने बोर्डले जनाएको छ । भदौ ८ गतेदेखि ११ गतेसम्म प्राविधिकतर्फका अन्य विषयहरुको परीक्षा निर्धारण गरिएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।
सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी पूरक (ग्रेड वृद्धि) परीक्षामा सहभागी हुन पाउने छन् । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस