काठमाडौँ : सुरक्षित भविश्यकाे लागि युवाले चाल्नुपर्ने उचित कदमलाई शिक्षा प्रदायक संस्था प्लाटाेनिक एजुकेशन सर्भिसले शुक्रबार राजधानिमा करिअर टक आयोजना गरेकाे छ ।
कार्यक्रममा व्यबस्थापन संकायमा +2 सकेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएकाे थियाे । करियरसँग सम्बन्धित रहेर बैंक तथा वित्तिय संस्था, पर्यटन, सुचना तथा संचार प्रविधि (IT) का साथै प्रेरणात्मक तथा आत्मविश्वास कसरी मजवुद बनाउदै अघि धढ्ने भन्ने विषयमा कार्यक्रमका वक्ताहरुले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) मनाेज ज्ञावलीले व्यवस्थापन संकायका विभिन्न क्षेत्रकाे जानकारी दिनुका साथै आत्मविस्वास र मेहनत गरेकाे खण्डमा आफ्नो उदेश्य प्राप्त गर्न सकिने ज्वलन्त दृष्टान्त प्रस्तुत गरेका थिए । आफ्नो सफलताकाे उदाहरण दिदै उनले सफलताका लागि अहिले देखिनै प्रशस्त मेहनत गर्नुपर्ने धारणा राखेका थिए ।
यस्तै नेपाल टुरिजम बाेर्डका बरिष्ठ व्यबस्थापक सुनिल शर्माले टुरिजममा भविश्य खाेज्न चाहने युवाका लागि प्रशस्त अवसर रहेकाे बताउनु भयाे । नेपालकाे सकरात्मक पक्षलाई आत्मसाथ गरि सामाजिक सञ्जालमा सकृय रहेर नेपाललाई विश्वसामु चिनाउन सम्पुर्ण युवाहरुलाई उत्प्रेरित गर्नुभयाे । कार्यक्रममा युवा हास्य कलाकार सुजन जिम्वा, नेपाली जादुगर महादेव त्रिपाठीका साथै विभिन्न युवा कलाकारहरुकाे उत्कृष्ट प्रस्तुति रहेकाे थियाे ।
राजधानिका विभिन्न कलेज साथै संघ संस्थाकाे सहभागितामा आयोजित कार्यक्रममा प्लाटाेनिक एजुकेशनका प्रबन्ध निर्देशक (CEO) अजय महतले साे कार्यक्रम युवाहरुले आफ्नो भविश्य निर्धारण गर्न र सकारात्मक साेचका साथ अगाडि बढ्न प्रभावभारी रहेकाे बताउनु भयाे । कार्यक्रममा व्यबस्थापन संकायमा +2 सकेका करिब ५०० विद्यार्थीहरु सहभागी थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस