काठमाडौं-गणित विषयको सिकाइ सुधार्न महिला शिक्षक समाजले नयाँ जुक्ति निकालेको छ ।
समाजले प्रतिनिधि रुपमा उपत्यकाका २५ विद्यालयका २५ जना माबि तहका गणित शिक्षकहरुलाई ४ दिने गणित शिक्षण सिकाइ तालीम दिएको हो ।
काठमाडौं विश्वविद्यालय हात्तिवनमा आयोजना गरिएको ४ दिने कार्यशालामा विज्ञहरु डा. बालचन्द्र लुइटेल, विनोदप्रसाद पन्त, नेत्रकुमार मानन्धर, इन्द्रमणि श्रेष्ठलगायतले शिक्षकहरुलाई गणित शिक्षण सिकाइ सम्बन्धी प्रशिक्षण दिएका थिए ।
गणित शिक्षकहरुलाई विज्ञहरुद्वारा ४ दिनसम्म गणितलाई कसरी सरल तरिकाले सिकाउने, गणित सिकाइमा सूचना प्रविधिको प्रयोग कसरी गर्ने, गणित सिकाइलाई व्यवहारिक र मनोरञ्जनात्मक कसरी बनाउने भनेर सिकाइएको थियो ।
यसैगरी, सो ४ दिने कार्यशालामा गणित विषयको आधार मजवुत कसरी पार्ने, हौसलायुक्त सिकाइ कसरी गर्ने, गणितलाई विद्यार्थीहरुको आकर्षण र रोजाइको विषय कसरी बनाउने भन्ने बारेमा शिक्षकहरुलाई व्यवहारिक सीप दिइएको महिला शिक्षक समाजकी उपाध्यक्ष एवं पद्यकन्या माविकी प्रअ रिता तिवारीले जानकारी दिइन् ।
तिवारीका अनुसार शिक्षकहरुलाई काठमाडौं विश्वविद्यालयमा रहेको म्याथ ल्याव र कम्प्युटरल्यावमा लगेरसमेत व्यवहारिक सीप सिकाइएको थियो ।
इन्टरनेटबाट गणित सिकाइ सामग्री कसरी संकलन गर्ने, गणित सिकाइमा नयाँ नयाँ विधिहरुको प्रयोग कसरी गर्ने, खेलखेलाउँदै कसरी गणित सिकाउने भन्ने बारे विज्ञहरुले शिक्षकहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा गणित शिक्षकहरुलाई सूचना प्रविधिको प्रयोग गर्न लगाएर, विभिन्न काम र प्रयोगहरु गर्न लगाएर गणित सिकाइलाई कसरी व्यवहारिक, प्रविधिमैत्री, मनोरञ्जनात्मक र सरल बनाउन सकिन्छ भन्नेबारे सिकाइएको समाजकी उपाध्यक्ष एवं जनकल्याण मावि चावहिलकी प्रअ कुमारी कमला राईले जानकारी दिइन् ।
४ दिने कार्यशालामा आफूले गणित सिकाइका आधारभूत कुराहरु अति सरल ढंगले सिकेको सहभागी बालउद्दार मावि कपनकी मावि गणित शिक्षक नमूना दाहालले बताइन् । कार्यशालापछि गणित सिकाइका सन्दर्भमा आफूमा रहेका केही अन्योल हटेको तथा गणितलाई कसरी सूचना प्रविधिको प्रयोग गरेर खेलाउँदै, रमाइलोसँग सिकाउन सकिन्छ भनेर जानकारी मिलेको दाहालले बताइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस