पोखरा-स्कूल बसहरु एकै रंगका हुनुपर्छ । सार्वजनिक सवारीहरुमा साना विद्यार्थीहरु ओसार्न कुनै विद्यालयले पाउँदैन । तर, पोखराका स्कुलबसहरुमा भेडाबाख्रा झैं कोचाकोच पारेर विद्यार्थी बोक्ने गरेको भनेर हरेक स्कुलहरु आलोचित भईरहँदा सार्वजनिक नम्बर प्लेट प्रयोग गरि विद्यार्थी बोक्न प्रयोग गरेको समेत भेटिएको छ ।
उसो त स्कुलहरुले जाँचपास पनि नगर्ने, रुट इजाजत पनि नलिने गरेको आरोप पनि लागिरहेको छ । नियम विपरित सञ्चालित ५ वटा बस अहिले तीन दिन जति भो पृथ्वीचोकको व्यस्त बजार छेउमा लहरै राखिएको ।
कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि नै बसहरु तेसारिएर बसेका छन् । राख्ने ठाउँ नभएको कारण त्यहीं राखिएको कास्की ट्राफिक प्रहरीले जनाएको छ । कार्यालयका प्रवक्ता सई जितसंग कार्कीले बस सञ्चालन निर्दे्शिका विपरित सञ्चालन भएका नीजि विद्यालयका विद्यार्थी बोक्न प्रयोग भएका बसलाई नियन्त्रणमा लिइएको जनाए ।
जुनियर सिटिजन्स एकेडेमीको ‘ना ८ ख, ३६०४’, मेट्रोपोलिटन एकेडेमीको ‘ग १ ख, २७६१’, एल.ए.सेकेन्डरी स्कुलको ‘ग १ ख, २४८८’ र होलि एन्जल सेकेन्डरी स्कुलको ‘ध १ ख, २४६’ नम्बरको बस कालो नम्बरप्लेटवाला हुन् । अर्थात्, सार्वजनिक सवारी । जसले यात्रु बोक्छन् । पिस जोन एकेडेमीको ‘ग १ क, ६४२’ नम्बरको बस मात्रै निजी हो । यो पक्राउ परेको चाहिँ सवारी कर नतिरेर हो ।
नियन्त्रणमा लिइएका बसलाई थप कारबाही गर्ने अधिकार ट्राफिक प्रहरीलाई छैन । २ हजार भन्दा बढी जरिवानाका लागि यातायात कार्यालय नै पठाईन्छ । त्यहाँ ५ हजार वा सो भन्दा बढी जरिवाना गर्ने तयारी गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस