काठमाडौं–राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले पुनर्योगको नतिजा सार्वजनिक गरेको छ।
गत असारमा सार्वजनिक गरिएको नतिजाप्रति चित्त नबुझाउँदै आठ हजार २४ परीक्षार्थीले पुनर्याेगका लागि आवेदन दिएका थिए । तीमध्ये ८६२ जनाको नतिजा परिवर्तन भई उनीहरूको ग्रेड वृद्धि भएको छ ।
सबैभन्दा बढी गणित विषयमा पुनर्याेगका लागि निवेदन परेको थियो । पनिकाका अनुसार गणित विषयमा २६ जना परीक्षार्थीको ग्रेड वृद्धि भई ए प्लस प्राप्त गर्न सफल भएका छन् । नतिजा परिवर्तन हुनुमा परीक्षा व्यवस्थापन र उत्तरपुस्तिका परीक्षणमा संलग्नहरूका साथै परीक्षार्थीको पनि लापरबाही हुने गरेको पाइन्छ । यस पटक गणित विषयका परीक्षकले प्राप्ताङ्क जोड्दा नै गल्ती गरेको भेटिएको छ ।
परीक्षा नियन्त्रक रामराज खकुरेलले गणित विषयका परीक्षकले नै प्राप्ताङ्क जोड्दा गल्ती गरेको घटनाप्रति आफूहरू निकै गम्भीर बनेको बताउँदै थपे, “यो उनीहरूको चरम लापरबाही हो । उनीहरूलाई कारबाही गर्ने निर्णयमा पुगेका छौँ । ”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस