सोल-दक्षिण कोरियाले उच्च माध्यमिक शिक्षा निशुल्क बनाउन प्रयास थालेको छ। सोमबार कोरियाली शिक्षा मन्त्रालयले एक सूचना जारी गर्दै फल सेमेस्टरबाट तीन वर्षे उच्च माध्यमिक शिक्षाका लागि आवश्यक पर्ने सबै खर्च कोरियाली सरकारले नै व्यहोर्ने गरी काम अघि बढाउको उल्लेख गरेको छ।
कोरियमा लामो गर्मी बिदाका कारण अहिले धेरै विद्यालय बन्द छन्। अब विद्यालय सुरु भएपछि गत एक समेस्टरको सहित कुनै पनि शुल्क उच्च माध्यमिक तहमा अध्ययन गर्ने छात्रछात्राले तिर्नुपर्ने छैन। तीन वर्षे उच्च माध्यमिक तहमा अध्ययन गर्न करिब ४ लाख ३९ हजार सरकारको यो व्यवस्थाबाट लाभान्वित हुने बताइएको छ।
सरकारले यो व्यवस्था गर्नुअघि प्रत्येक विद्यार्थीले प्रति सेमेस्टर ६ सय २० अमेरिकी डलर खर्च गर्नुपर्ने अवस्था थियो।
सरकारको यो व्यवस्थाबाट कार्यक्रम लागू भएको दोस्रो वर्षमा ८ लाख ८० हजार विद्यार्थी लाभान्वित हुनेछन् भने तेस्रो वर्षमा करिब १२ लाख भन्दा बढी विद्यार्थी लाभान्वित हुने बताइएको छ। सन् २०२१ देखि भने भर्ना शुल्क समेत निशुल्क गर्ने तयारी मन्त्रालयले गरेको छ।
अहिले कोरियाले आधारभूत र माध्यमिक तहसम्मको मात्र शिक्षा निशुल्क छ। यो व्यवस्था सबै सरकारी र निजी विद्यालयमा लागू हुने बताइएको छ। तर स्वायत्त निजी, विदेशी भाषा पढाउने विद्याले र कला सम्बन्धी विषय पढाइ हुने विद्यालयमा भने लागू हुनेछैन।
उच्च माध्यमिक विद्यालयमा निशुल्क शिक्षा प्रदान गर्ने कार्यक्रमका लागि २ खर्ब ५२ अर्ब कोरियाली वन मन्त्रालयले विनियोजन गरेको छ।
सन् २०२४ पछि यो कार्यक्रमका लागि मात्र कोरियाले २० खर्ब वन खर्च गर्नुपर्ने अनुमान गरिएको छ।
तर कोरियाली प्रमुख विपक्षी दलले अर्को वर्षबाटै सबै विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गर्नुपर्ने माग राखेका कारण यससम्बन्धी विधेयक भने संसद्बानट पास हुन बाँकी छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस