पाँचथर-युवालाई कुलतमा फस्न नदिन र नैतिक शिक्षा दिलाई सामाजिक उत्तरदायित्व बोध गराउने उद्देश्यले एक नम्वर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरु गरेको ‘म अधि बढ्छु’ कार्यक्रमले पाँचथरका ९४ वटा माद्यमिक विद्यालयका शिक्षक नायकहरुसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
वुधवार जिल्लाका ८२ वटा सामुदायीक र ११ वटा निजि माद्यमिक विद्यालयका शिक्षक नायकहरुलाई भेला गरी म अधि वढ्छु कार्यक्रमको वारे जानकारी गराएको हो ।
अभिमुखिकरण पश्चात नायव शिक्षकहरुको सहयोगमा सहभागि विद्यालयहरुमा १५ जनाको ‘सगरमाथा टिन्स क्लब’ गठन गर्ने छन् ।
पाँचथर जिल्लामा हत्या, आत्माहत्या र लागुऔषध जस्ता समस्याले युवाहरु ग्रसित भएको साथै वैदेशिक रोजगारले सृजना गरेका समस्याहरु समेत दिनानुदिन बढ्दै गएको भन्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला सम्वन्वय समिति पाँचथरका प्रमुख विस्नुप्रसाद सापकोटाले विद्यालय मार्फत सचेतना गर्न यो कार्यक्रम फलदायी हुने वताए ।
जिल्लामा विद्यमान समाजिक विकृति विसंगति लाई न्यूनिकरण गर्दैै नैतिक शिक्षा प्रवाह गर्न यो कार्यक्रम फलदायी हुने भन्दै प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले पाँचथरमा आफ्ना बालबच्चा के गर्दै छन् ? यो विषयमा अभिभावक सचेत हुनु पर्छ । साना तिना लापरबाहिले ठुला घटना निम्तिन सक्छ । यस विषयमा सबै अभिभावक समेत हुनु जरुरी भएको उनको भनाई थियो ।
कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ,प्याव्सन पाँचथरका अध्यक्ष चन्द्र भट्टराई, मानव अधिकार संजात तथा शान्ति कार्य समूह पाँचथर तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियानका पाँचथर अध्यक्ष लेखनाथ खतिवडा,पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल ,पत्रकार महाँसंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना लगायतले अभियानको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
१ नं. प्रदेश सरकारले महत्वका साथ प्रदेशभरि संचालन गर्ने गरी सुरु गरेको यो अभियानले विद्यालय स्तरमै लागूऔषध दुरव्यसनवाट किशोर किशोरीहरुलाई वचाउने तरीका र यसले पार्न सक्ने दूरगामी प्रभाव सहित म अघि वढ्छु कार्यक्रमको वारेमा प्रदेश सरकारका नवराज राई र कार्यक्रमका पाँचथर संयोजक श्री माङयुङले सहजिकरण गरेका थिए ।
खासगरी ‘टिनएजर्स’ विद्यार्थीलाई कुलतमा फस्न नदिन प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘म अघि बढछु’ कार्यक्रम सुरु गरेको जस अन्तर्गत एक नं. प्रदेशका १४ वटै जिल्लामा सञ्चालित कार्यक्रमले दुई हजार विद्यालयलका दुई लाख वढी विद्यार्थीलाई समेट्ने लक्ष्य रहेको कार्यक्रम संयोजक माङयुङले वताए । उनका अनुसारे कार्यक्रम अन्तर्गत कक्षा ९ देखि १२ सम्म अध्ययनरत १३ देखि १९ वर्ष उमेरका करिव २ लाख विद्यार्थीलाई जिम्मेवार, चरित्रवान, सभ्य, सिर्जनशील बनाउँदै सामाजिक उत्तरदायी र समतामूलक समाज निर्माणमा सहयोग पुर्याउने लक्ष्य लिइएको छ ।
‘पढ्ने उमेरका विद्यार्थी नै यसको प्रयोगको अधिक जोखिममा रहेकोले ग्रामीण भेगसम्म पुर्याउने गरी कार्यक्रमको स्वरूप तयार गरेको वताइएको छ ।
प्रदेस सरकारले आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रम मार्फत् यो कार्यक्रम अघि सारेको हो । यसका लागि दुई करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
आजका किशोर किशोरी देशका कर्णधार, यिनीहरूको सक्षमता नै समुन्नतिको आधार भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रमले नैतिक शिक्षाको खडेरी लागेको अवस्थामा केहि सकारात्मक परिवर्तन ल्याउने सरोकारवालाहरुको बुझाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस