पाँचथर– लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको ३१ औं स्थापना दिवश मंगलबार पाँचथर शाखाले पनि मनाएको छ । सोही अवशरमा जिल्लाका ७ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृति वितरण गरिएको छ ।
छात्रवृति पाउनेहरुमा याङवरक–५, स्थित भानु मावि, कक्षा–७ मा अध्ययनरत सञ्जिता माबो, फाल्गुनन्द–४, स्थित ज्योति मावि कक्षा–१० मा अध्ययनरत शारदा आङदेम्बे, कुम्मायक–२, स्थित सिध्द सरस्वती मावि कक्षा–९ मा अध्ययनरत अनिल शेर्मा र फालेलुङ–३, स्थित विद्याप्रचार मावि, कक्षा–१० मा अध्ययनरत बिनोद थाम्सुहाङलाई छात्रवृति वितरण गरिएको हो ।
चुम्लुङले स्थापना गरेको याक्थुङ सहयोग कोष मार्फत उनीहरुलाई जनही दुई हजार रुपैंयाँका दरले छात्रवृति वितरण गरिएको हो ।
त्यस्तै फाल्गुनन्द–२, स्थित सत्यहाङमा मावि, कक्षा–४, मा अध्ययनरत सहनी नेम्बाङलाई आठ हजार र फालेलुङ–८, स्थित सिंहसिद्ध मावि, कक्षा–८ मा अध्ययनरत गीता चम्लागाईलाई दश हजार रुपैंयाँ छात्रवृति वितरण गरिएको छ । उनीहरुलाई चुम्लुङ प्रवाश शाखा इजरायलले स्थापना गरेको इजरायल कल्याणकारी कोष मार्फत छात्रवृति वितरण गरिएको हो ।
कार्यक्रममा आनि? पान् (लिम्बू भाषा) मा जिल्लामै उत्कृष्ठ अंक ल्याउने एक विद्यार्थीलाई पनि प्रशंशा पत्र सहित छात्रवृति वितरण गरिएको छ । फाल्गुनन्द–२, स्थित सत्यहाङमा मावि, कक्षा–७, की यशोदा नेम्बाङलाई प्रशंशा पत्र सहित नगद दश हजार रुपैंयाँ छात्रवृति वितरण गरिएको छ ।
चुम्लुङ प्रवाश शाखा बहराइनले स्थापना गरेको छात्रवृति वचत कोषबाट उक्त छात्रवृति वितरण गरिएको हो ।
स्थापना दिवशमा चुम्लुङ केन्द्रीय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि चन्द्रकुमार आङदेम्बे,कियाचुका राजेन्द्र जवेगु,दिलेन्द्र सुव्वा,नेपाली कांग्रेसका पाँचथर सभापति नरेन्द्र केरुङ,समाजवादि का अध्यक्ष लक्ष्मण लावती,आदिवासी जनजाति जिल्ला सम्वन्वय परिषदका अध्यक्ष रिञ्जि शेर्पा,नेपाल पत्रकार महाँसंघका पूर्व अध्यक्ष लेखनाथ खतिवडा, महाँसंघका पाँचथर उपाध्यक्ष विजयवोध लावती लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रम चुम्लुङ पाँचथर अध्यक्ष नरेन्द्रराज केरुङको अध्यक्षतामा सम्पन्न भएको सचिव सुरेन शिशिर केरुङले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस