पोखरा– साइप्रसमा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै ज्ञान करिअर इन्स्टिच्यूट प्रालिले आयोजना गरेको सेमिनार सकिएको छ ।
सृजनाचोकस्थित आफ्नै कार्यालयमा शुक्रबार सेमिनारको आयोजना गरेको थियो ।
अध्ययनका लागि साइप्रस जान चाहने विद्यार्थीहरुको माग बमोजिम सेमिनारको आयोजना गरिएको ज्ञान करिअर इन्स्टिच्यूटकी संचालक अकृजा पोखरेलले बताईन् ।
‘सेमिनारमा उल्लेख्य मात्रामा विद्यार्थी र अभिभावकहरुको सहभागिता रह्यो । जनवरी इन्टेकलाई लक्षित गर्दै हामीले सेमिनारको आयोजना गरेका थियौँ ।’ कम्पनीका संचालक पोखरेलले भनिन्–‘आगामी दिनमा पनि विद्यार्थीलाई लक्षित गरेर यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ ।’
सेमिनारमा साइप्रसको शिक्षा नीतिको विषयमा विद्यार्थी र अभिभावकहरुलाई जानकारी दिईएको थियो । विद्यार्थीहरुले खासगरि त्यहाँको कलेज, यूनिभर्सिटी र उपलब्ध विभिन्न कोर्षहरुको बारेमा जिज्ञाशा राखेका थिए । ज्ञान करिअर इन्स्टिच्यूटको तर्फबाट शिव न्यौपानेले विद्यार्थी र अभिभावकहरुलाई सहजीकरण गरेका थिए ।
साइप्रस यूरोपियन युनियनको सदस्य राष्ट्र हो । पछिल्लो समय साइप्रसमा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्शन सर्टिफिकेट’ लिने विद्यार्थीको संख्या अत्याधिक रहेको तथ्याङ्कले देखाउँछ ।
शैक्षिक परामर्शदाता कम्पनी ज्ञान करिअर इन्स्टिच्यूटले साइप्रससँगै यूरोपका विभिन्न मुलुकका लागि पनि विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ । इन्स्टिच्यूटमा विभिन्न भाषाका तयारी कक्षाहरु पनि संचालन भैरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस