काठमाडाैं-बझाङका मुकेशराज जोशीले सबैभन्दा धेरै समय लगातार पढेर विश्व किर्तिमान बनाएका छन् ।
जयपृथ्वी नगरपालिका ८ जोशीगाँउका मुकेशराज जोशीले लगातार १ सय २४ घण्टा ३० मिनेट किताब पढेर विश्व किर्तिमान कायम गरेका हुन ।
६ दिन पाँच रात लगातार किताब पढेर उनले विश्व किर्तिमान राखेका छन् । गिनिज इभेण्टको आयोजनामा उनले साउन ५ गते बिहान ११ : ३० बजे देखि पढ्न शुरु गरेको मुकेश जोशीले बताए ।
१ सय २४ घण्टा ३० मिनेटसम्म जोशीले इतिहास, विभिन्न प्रख्यात व्यक्तिहरूको जीवनी तथा अन्य किताब पढेको बताएका छन् । यस भन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्माले १ सय १३ घण्टा सम्म पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए ।
नाइजेरियाका एक व्यक्तिले सन् २०१९ को अप्रीलमा १२० घण्टा पढेको जनाईएको छ । उनको नाम गिनीज बुकमा भने अहिले सम्म लेखिएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस