काठमाडौं-दशैंको मुखमा निजी विद्यालय सञ्चालकहरुले आफुहरुको हित विपरित कार्य गरेको भन्दै निजी विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् ।
संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले निजी विद्यालय सञ्चालकहरुले हकर्त नसुधारे आन्दोलनमा जाने चेतावनी दिएको हो । इस्टुका महासचिव भोला चालिसे र कार्यबहाक अध्यक्ष मोतिराम फुयालले शनिवार एक विज्ञप्ति जारी गर्दै आन्दोलनको चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा असोज ९ गते निजी विद्यालयहरुको संगठन प्याब्सनले महासचिवको नामबाट श्रम मन्त्री, सामाजिक सुरक्षा कोषका प्रमुख, एनप्याब्सन, हिसानसमेतको हवला दिँदै सम्प्रेषण गरेको सर्कुलर प्रति इस्टुको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा जाने सैद्धान्तिक सहमतिका साथ हाम्रो युनियनसँग बस्ने भनिएको बैठकलाईसमेत एकपक्षीय रूपमा स्थगित गरी भ्रामक प्रचार गरेकामा यो युनियन घोर भत्र्सना गर्दछ । विज्ञप्तिमा भनिएको छ ।
शिक्षा ऐन र नियमावलीमा व्यवस्था गरिएको न्युनतम आधारभूत तलवभत्ता र अन्य सेवा सविधको खिलापमा शिक्षा ऐन आकर्षित हुने क्षेत्रमा गैरकानुनी तरिकाले जबर्जस्ती श्रम ऐनलाई आकर्षित गराउने धृष्टता गरिएको प्रति इस्टुले आपत्ति जनाएको हो ।
यस घटनालाई युनियनले शिक्षाको निजीकरण र व्यापारिकरणपछि मौजुदा ऐन नियमहरूको समेत निजीकरण वा नीतिगत भ्रष्टिकरणतर्फ सिङ्गो शिक्षा जगत उन्मुख हुँदै गएको सङ्केतका रुपमा लिएको जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस