सोल- दक्षिण कोरियामा रहेका बिदेशीलाई लिइने कोरियन भाषाको परीक्षामा नक्कली परीक्षार्थीको संख्या दिनानु दिन बढ्दै गएको छ |
कोइयाको एक सरकारी तथ्यांक अनुसार सन् २०१७ देखि २०१८ सम्ममा नक्कली परीक्षार्थीको संख्या दोब्बरले बढेको हो ।
कोरियाको शिक्षा मन्त्रालयले प्रस्तुत गरेको तथ्यांक अनुसार २०१४ गत जुलाई महिना सम्ममा सम्ममा १ हजार २ सय ५० जना नक्कली परीक्षार्थी भेटिएका थिए |
सन् २०१७ देखि २०१८मा १ सय ७७ बाट बढेर ४ सय १ पुगेको थियो। यस अवधिमा आवेदकहरूको कुल संख्या पनि २,९०,६३८ बाट बढेर ३,२९,२२४ पुगेको उक्त सरकारी तथ्यांकले प्रस्ट परेको छ।
टोपीक कोरियन भाषा यहाँ रहेका बिदेशीहरुको क्षमता परीक्षणका लागि तय गरिएको लिखित परीक्षा हो। यो परीक्षा स्थानीय विश्वविद्यालय वा स्नातक कार्यक्रममा भर्ना हुने विदेशी नागरिकहरूले दिनु पर्दछ | यो परीक्षा उतिर्ण गर्ने बिद्यार्थी सरकारले दिने छात्रवृत्ति र रोजगारमा प्राप्त गर्न सक्षम हुन्छन । अहिले सम्म विभिन्न क्षेत्रका ७६ देशका नागरिकले दिंदै आएका छन् |
नक्कली परीक्षार्थीले परीक्षास्थानमा प्रतिबन्धित इलेक्ट्रोनिक उपकरणहरू लुकाउने गरेको तथ्यांकमा उल्लेख छ |
नक्कली परीक्षा दिने १ हजार २ सय ५० मध्ये सबै भन्दा धेरै ७ सय ४१ कोरियन नागरिक रहेका छन् भने २ सय ७६ चिनिया र ७९ भियतनामी र ७४ उज्बेकिस्तानी रहेका छन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस