जाजरकोट-भेरी नगरपालिका–१ रिम्नास्थित त्रिवेणी सामुदायिक विद्यालयमा १ देखि १० कक्षा सम्म पठनपाठन हुन्छ तर मावि तहमा एउटा पनि शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राखेर १० बर्षदेखि पठनपाठन भइरहेको छ ।
निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन विद्यालयलाई निकै भार परिरहेको छ । ‘विद्यार्थीबाट एकमुष्ट शिक्षण शुल्क लिएर पाँच शिक्षकलाई निजी स्रोतमा राखेका छौँ, तलब खुवाउन नै समस्या परिरहेको छ । सरहरुले उधारोमै काम गरिरहेका छन , ‘प्रधानाध्यापक विनोद सहनीले भने , ‘दरबन्दी आइहाल्ला भनेर मावि कक्षा सञ्चालन गरिहाल्यौँ तर लामो समयसम्म दरबन्दी नदिँदा विद्यालय चलाउन निकै समस्या भयो ।’
छेडागाड नगरपालिका–१२ मनघाट स्थित चन्द्रज्योति आधारभूत विद्यालयमा ८ कक्षासम्म अध्यापन हुन्छ । यस विद्यालयमा पनि निम्न माध्यमिक तहमा एउटा पनि शिक्षक दरबन्दीको व्यवस्था छैन । यहाँ पनि निजी स्रोतमा शिक्षक राखिएको छ । निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन निकै समस्या छ |
जिल्लाका ४ सय ३३ मध्ये १ सय २७ विद्यालय दरबन्दी बिना नै यसरी नै चलिरहेका छन् । सरकारी सामुदायिक निमावि र मावि तहमा विषयगत शिक्षकको व्यवस्था गरिएको हुन्छ । सामुदायिक विद्यालयमा कम्तीमा चार वटा दरबन्दीको व्यवस्था हुनुपर्ने शिक्षा ऐन नियमावलीमा उल्लेख छ तर शिक्षक दरबन्दी बिना विद्यालय सञ्चालन गर्ने अनुमति दिँदा त्यस्ता विद्यालयमा समस्या देखिएको हो ।
जिल्लामा मावि २६, निमावि ४६ र प्रावि ५५ गरी १ सय २७ विद्यालय शुन्य दरबन्दीमा सञ्चालन भइरहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । दरबन्दी नभएकैले थोरै तलब दिएर निजी स्रोतमा शिक्षक राख्ने गरिएको छ ।
निजी स्रोतमा राखिएका शिक्षक पाल्न विद्यार्थीबाट शुल्क असुल्नेदेखि लिएर विकास बजेटसमेत खर्चिने गरेको पाइएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख तिलक भट्टराईले बताए ।
दरबन्दी बिनै सञ्चालनमा रहेका विद्यालयमा विषयगत दक्ष शिक्षक नहुँदा पठनपाठन पनि गुणस्तरीय हुन नसकेको प्रमुख भट्टराईको भनाइ छ ।
गत वर्ष शून्य दरबन्दीमा सञ्चालन भइरहेका विद्यालयमा कम्तीमा एउटा शिक्षक नियुक्ति गर्ने गरी शिक्षण सिकाइ अनुदान भनेर जिल्लाभर रु चार करोड ३९ लाख सरकारले अनुदान दिएको थियो । उक्त रकम पाएका विद्यालयलाई केही राहत पनि भएको थियो तर चालू आवमा उक्त अनुदान रकम घटाएर पठाएपछि नियुक्त भइसकेका शिक्षकलाई तलब खुवाउन समस्या पर्ने भएको विद्यालय निरीक्षक खड्क केसीले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस