तुलसीपुर– दाङको राप्ती गाउँपालिका–२ स्थित आदर्श नमूना माविको दृष्टिविहीन छात्रावास निर्माणका लागि विदेशबाट सहयोग प्राप्त भएको छ । छात्रावास जीर्ण हुँदा दृष्टिविहीन विद्यार्थीलाई पठनपाठनमा असहज हुने गरेको थियो ।
राप्ती समाज जापानको सहयोगमा सङ्कलन भएको रु ४१ हजार ४४० विद्यालयलाई हस्तान्तरण गरिएको हो । पूर्वविद्यार्थी तुलसीराम पोख्रेलको पहलमा तथा संस्थाका अध्यक्ष युवराज रेग्मीको सक्रितामा सहयोग सङ्कलन गरी उपलब्ध गराइएको हो । उक्त रकम पोख्रेलले विद्यालयका प्रधानाध्यापक किरण पोखरेल र दृष्टिविहीन आवास निर्माण समितिका संयोजक वासुदेव न्यौपानेलाई हस्तान्तरण गरिएको हो ।
सरकारले विशेष शिक्षाअन्तर्गत दाङको उक्त विद्यालयमा दृष्टिविहीन विद्यार्थीलाई पठनपाठन गराउन थाले पनि उचित पूर्वाधारतर्फ ध्यान नदिएको विद्यालयका प्रधानाध्यापक किरण पोखरेलले बताए । उनका अनुसार अहिले सुरक्षित भवन नहुँदा जीर्ण भवनमै विद्यार्थी राख्न बाध्य भएको उहाँको भनाइ छ । “भवन निकै जीर्ण छ”, उनले भने , ‘‘बर्सादमा पानी चुहिन्छ, भित्रै सर्प, भ्यागुता हिँड्छन् ।” अहिले उक्त विद्यालयमा कक्षा १२ सम्म दृष्टिविहीन विद्यार्थीका लागि पढाइ हुने उनले बताए ।
उनका अनुसार अहिले आठ केटी र पाँचजना केटा गरी १३ जना दृष्टिविहीन विद्यार्थीले अध्ययन गरिरहेका छन् । एउटा जीर्ण भवनमा उनीहरुलाई राखिएको छ । विसं २०५२ देखि पढाइ शुरु भएको दृष्टिविहीन कक्षामा अहिले दुईजना शिक्षक कार्यरत छन् ।
दृष्टिविहीन ती विद्यार्थीहरु शारीरिक हिसाबले कमजोर भएकाले उनीहरुको आवास सुरक्षित हुनुपर्ने माग पहिलेदेखि उठ्दै आएको हो । अहिले करीब ४० वर्ष पुरानो जीर्ण भवनमा ती विद्यार्थीलाई राखिएको छ । भित्र छिर्दा नै भत्किने डरले हत्तपत्त बाहिर निस्किनुपर्ने अवस्था छ तर दृष्टिविहीनलाई आफूहरू कस्तो भवनमा बसिरहेका छौँ भन्ने कुरा थाहा छैन ।
एक दृष्टिविहीन विद्यार्थीले भने , “हामीले आँखा देख्दैनौँ, कस्तो भवनमा बसिरहेका छौँ, हामीलाई नै थाहा छैन ।” पलङ पनि जीर्र्ण अवस्थामा छन् । काम चलाउनमात्रै ती पलङ राखिएका छन् । विद्यार्थीहरु सुतिरहेको अवस्थामा कतिबेला ती भाँचिन्छन् भन्ने त्रास छ ।
यस्तो अवस्था देखेपछि सोही विद्यालयमा अध्ययन गरेर विभिन्न पेशा–व्यवसायमा लागेका पूर्व विद्यार्थीहरुको सक्रियतामा भवन निर्माणको शुरुआत भएको छ । गएको वर्षको दशैँको घटस्थापनाको साइत पारेर शिलान्यास गरिएको भवन निर्माणको काम जारी छ ।
करिब ४० वर्ष पुरानो भवनमा दृष्टिविहीन विद्यार्थी रात–दिन कटाउन बाध्य भएको भन्दै चारकोठे भवन निर्माण गर्न लागिएको उनले बताए । एउटा कोठा छात्र, एउटा कोठा छात्रा, एउटा सभाहल र एउटा भान्छाका लागि प्रयोग गर्ने गरी भवन निर्माण गर्न लागिएको हो । शौचालय, बाथरुम पनि निर्माण हुनेछन् । अहिले पूर्वविद्यार्थी थप आर्थिक रकम सङ्कलन गर्न लागिपरेको समेत उनले बताए । न्यौपानेसँगै उक्त विद्यालयमा अध्ययन गरी हाल जापानमा रहेका वीरेन्द्र केसीलगायतका पूर्वविद्यार्थीहरुको सक्रियतामा भवन निर्माण शुरु भएको हो ।
दृष्टिविहीन विद्यार्थीहरु आफँैमा शारीरिक हिसाबले कमजोर हुने भन्दै उनीहरुको आवास व्यवस्थित र सहज हुनुपर्ने हेतुले यस्तो कार्य अघि बढाएको उनको भनाइ छ । दृष्टिबिहीनका लागि कम्प्युटर छैनन् । पटक–पटक दृष्टिविहीन विद्यार्थीहरुले आफूहरुले प्रयोग गर्ने खालका कम्प्युटर ल्याइदिन माग गरे पनि उनीहरुका लागि कम्प्युटर ल्याउन सकिएको छैन । “विद्यार्थीहरुले कम्प्युटरको माग गरिरहेका छन्”, उनले भने , “तर कम्प्युटर ल्याउन सकिएको छैन ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस