बलेवा– नगर शिक्षा शाखा बागलुङले पटक पटकको पत्राचार र निर्देशन अटेर गरेका विद्यालयमा कानूनी कारवाही प्रक्रिया थालेको छ । अब देखि बिहान कक्षा संचालन गरेको भेटिएमा कानूनी कारवाही थाल्ने बागलुङ नगरपालिकाले जनाएको छ ।
नगर शिक्षा शाखाले गत वैशाखदेखि पटक–पटक पत्राचार गरेर माध्यामिक विद्यालय दिउँसो १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको थियो । तर कात्तिक मसान्तसम्म पनि बिहानै चलाएपछि स्पष्टीकरण सोध्ने र कानूनी कारवाहीको तयारी थालेको हो ।
सङ्घीयता कार्यान्वयनपछि नेपाल सरकारले उच्च मावि खारेज गरेर कक्षा १ देखि १२ सम्मलाई मावि तोकेको छ । मावि तहको पढाई दिउँसो सञ्चालन हुनुपर्ने स्पष्ट व्यवस्था भएर पनि अटेर गरेपछि कारवाही प्रक्रिया थालिएको बताइएको छ ।
गत साउनदेखि केही विद्यालयले दिउँसोमा पढाउन थालेपनि बलेवाको गणेश माविसहित सदरमुकामका विद्यालयले अटेर गरेका हुन् । सदरमुकामकै कालीका कन्या मावि, चिल्ड्रेन लाईफ, अमर आदर्श, आदर्श विद्यामन्दिर, सनराईज, अमृत आदर्श, न्यू ओएसिस, गरिमा आवासीय मावि र फ्युचर ब्राइटर माविले पनि बिहान कक्षा चलाएको भेटिएको हो ।
ती विद्यालयमा पटक–पटक पत्राचार गरेर निर्देशन दिए पनि निर्देशन पालना नभएको हो । नगर शिक्षा अधिकारी दण्डपाणि शर्माले सात दिनभित्र निर्देशन पालना गर्न र निर्देशन किन पालना नगरिएको स्पष्टीकरण पेश गर्न पनि पत्राचार गरेका छन् । अटेर भइरहेमा कानून बमोजिम कारवाही गर्ने योजनासमेत नगरपालिकाले बनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस