बेझाड– भैरव नवदीप मावि रैनादेवी छहरा गाउँपालिका पाल्पाका ४१ विद्यार्थीलाई प्रहरीद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पा र नेपाल पुस्तक तथा स्टेशनरी महासङ्घ पाल्पाको सहकार्यमा विद्यालयमा अध्ययनरत जेहेन्दार, गरीब, असहाय, विपन्न विद्यार्थीलाई सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार शैक्षिक सामग्री वितरण गरिएको हो ।
विभिन्न सङ्घसस्थाको सहयोगमा कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भनेर विभिन्न सङ्घसंस्थाबाट शैक्षिक सामग्री सङ्कलन गरी विभिन्न विद्यालयमा पुगेर वितरण गरिरहेको पाल्पाका प्रहरी नायब निरीक्षक कृष्णराज सापकोटाले बताए । संस्थाले यसभन्दा अघि पनि छ विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको छ ।
पाल्पामा करदाताको सङ्ख्या बढ्यो
पाल्पा जिल्लामा पछिल्लो समय करदाताको सङ्ख्या बढेको छ । यस आर्थिक वर्षको पहिलो चौमासिकको अवधिमा मात्रै ३८ प्रतिशतले वृद्धि भएको पाइएको छ । पहिलो चौमासिकको अवधिमा जिल्लामा २९ हजार ९२९ करदाता रहेको करदाता सेवा कार्यालयले जनाएको छ । आव २०७५÷७६ को असार मसान्तसम्ममा २१ हजार ६७१ करदाता रहेका थिए ।
करको दायरा बढ्नु, कर शिक्षा प्रभावकारी हुनु, आर्थिक कारोवार गर्ने सबैलाई अनिवार्यरूपमा प्यान नम्वर लिनुपर्नेजस्ता कारणले करदाताको सङ्ख्या बढ्न गएको करदाता सेवा कार्यालयका प्रमुख सागर पोखरेलले बताए ।
करदाताको सङ्ख्या वृद्धि भएसँगै चालू आवको चार महिनाको अवधिमा २१ करोड ५५ लाख रकम सङ्कलन भएको छ । अघिल्लो आवको अवधिमा रु ४५ करोड ३१ लाख तीन हजार ४४३ राजश्व सङ्कलन भएको थियो । यस वर्ष सरकारले नीति तथा कार्यक्रममा बजेटसँगै करको दायरामा वृद्धि गरेकाले राजश्वसँगै करदाताको सङ्ख्या बढेको हो । पाल्पाको सदरमुकाम तानसेनमा रहेको करदाता सेवा कार्यालयले गुल्मी जिल्लामा पनि सेवा दिँदै आइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस