गोरखा- २०७२ सालको विनासकारी भूकम्पका कारण क्षतिग्रस्त सिरानचोक–६, सान्नानी भञ्जाङ गोरखाको हिमाली माविको भवन पुननिर्माण भएको छ ।
४ वर्ष देखि जस्ताको अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयलाई जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको हो ।
इकाईले जाइकाको सहयोगमा करिब ८ करोड ४४ लाख लागतको ३ तलाका दुई ब्लक सहितको १८ कोठे नयाँ भवन भव्य समारोहका बीच विद्यालयलाई हस्तान्तरण गरेको हो । भवनमा कम्प्युटर ल्याव र लाइब्रेरीका लागि दुई हलसमेत रहेका छन् ।
२०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु गोरखामा अवस्थित विद्यालयको भवन भूकम्पले पूर्ण ध्वस्त बनाएपछि विद्यार्थीहरु जस्ताले छाएको र बारेको अस्थायी टहरामा पढ्दै आएका थिए । जसले गर्दा घाम र पानीले पठन–पाठनमा समस्या पार्दै आएको थियो । पटक–पटक हुरी बतासले छाना उडाउँदा पढाइ नियमित हुन समेत समस्या थियो ।
जस्ताको अस्थायी छाप्रामा पढ्दै आएका विद्यार्थीहरु अब नयाँ भवनमा पढ्न पाउने भएपछि फुरुंग बनेका छन् ।
भौगोलिक दूर्गमताका कारण विद्यालयको भवन निर्माणमा ढिलाइ भएको थियो । २०७४ पौषमा निर्माण शुरु भएको विद्यालय २०७६ मंसिरमा २१ महिनामा सम्पन्न भएको हो । एक भव्य कार्यक्रमका बीच विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको हो ।
नवनिर्मित भवनको साँचो जाइकाका चिफ इञ्जिनियर राजेश बोगटीले पहिले जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का प्रमुख बिष्णुप्रसाद मिश्रलाई हस्तान्तरण गरेका थिए । पछि इकाई प्रमुख मिश्रले साँचो प्रमूख अतिथि एवं गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतलाई, मन्त्री बस्नेतले सिरानचोक गाउँपालिकाका प्रतिनिधि एवं सामाजिक समितिका सभापति दिपक हमाललाई हस्तान्तरण गरेका थिए ।
सभापति हमालले साँचो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धीबहादुर गुरुङ र अध्यक्ष गुरुङले साँचो विद्यालयका प्रधानाध्यापक बुद्धीमान गुरुङलाई हस्तान्तरण गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस