डोटी– जोरायल गाउँपालिका वडा नं २ स्थित कफलकटेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
रावलले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालयमा छिमेकी राष्ट्र भारतको इलाहावादबाट प्राप्त उच्च शिक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी स्थायी नियुक्त लिएको भन्दै परेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले रावलमाथि अनुसन्धान थालेको थियो । अख्तियारको अनुसन्धानपछि रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । प्रारम्भिक अनुसन्धानबाट रावल दोषी देखिएपछि विशेष अदालतमा कारवाहीको मागसहित मुद्दा दायर गरिएको आयोगको क्षेत्रीय कार्यालयले जनाएको छ ।
शिक्षा एकाइ प्रमुखलाई हाजिर गराउन पत्राचार
जिल्ला प्रशासन कार्यालयले लामो समयदेखि बेपत्ता रहेका शिक्षा एकाइ प्रमुखलाई तत्काल कार्यालयमा हाजिर गराउन पत्राचार गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख अमरप्रसाद भट्ट लामो समयदेखि कार्यालयमा हाजिर नभएका कारण प्रशासनले प्रमुख भट्टलाई हाजिर गराउन अथवा नयाँ प्रमुख खटाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गरेको हो ।
प्रमुख भट्ट कार्यालय खुलेको सात महिना अर्थात् २१० दिनमा जम्मा ४४ दिन मात्रै कार्यालयमा हाजिर भएको रेकर्ड भेटिएपछि प्रशासनले मन्त्रालयलाई यस्तो पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । प्रमुख भट्टको व्यवहार र कार्यशैलीका कारण जिल्लाको शैक्षिक क्षेत्रमा अनपेक्षित समस्या सिर्जना हुन सक्ने भन्दै प्रशासनले समस्या समाधानका लागि माथिल्लो निकायमा पत्राचार गरेको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस