काठमाडाैं-विद्यार्थीका लागि एजुकेशन लोन दिने गरेका छन्। ऋण उपलब्ध गराउन बैंकले आ–आफ्नै मापदण्ड बनाएका छन् । जसमा उनीहरुको मासिक आम्दानी कति छ ? त्यसका लागि आवश्यक धितो, कर चुक्ताको प्रमाणपत्र, अडिट रिपोर्ट आदि हेर्छन् । यसका साथै विद्यार्थीका लागि लाग्ने आवश्यक खर्च कति छ त्यसका आधारमा पनि लोन दिने गरेको पाइन्छ ।
जसका लागि बैंकहरुले औसतमा मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानीको स्रोत तथा ऋणका लागि आवश्यक धितो र कर चुक्ताको प्रमाणपत्रा आधारमा ऋण उपलब्ध गराउँदै आएका छन् ।
शैक्षिक कर्जामा सबैभन्दा सस्तो ब्याजदर राष्ट्रिय वाणिज्य बैंकले तोकेको छ । उसले ६.६० प्रतिशतको बेस रेटमा अधिकतम ३.४० ब्याजदर जोड्दा १० प्रतशितमा ब्याद दिने उल्लेख गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकपछि नेपाल बंगलादेश बैंकले एजुकेशन लोनका लागि ११.८७ प्रतिशत तोकेको छ । त्यस्तै, नेपाल बैंकले १२.७६ प्रतिशत, नविल बैंकले १२.९४ प्रतिशत एजुकेशन लोन तोकेको छ ।
साथै, हिमालयन बैंकले १३.९३ प्रतिशतसम्म एजुकेशन लोन दिने उल्लेख गरेको छ भने सेञ्चुरी बैंकले एजुकेशन लोन१३.९५ प्रतिशत तोकेको छ । साथै, प्राइम र प्रभु बैंकले समान १४।२४ प्रतिशत, नेपाल इनभेस्टमेन्ट बैंकले १४.७३ प्रतिशत, नेपाल एसबीआई बैंकले १४.९४ प्रतिशत, सानिमा बैंकले १५.२२ प्रतिशत, एभरेष्ट बैंकले १५.३२ प्रतिशत, कृषि विकास बैंकले १५.३५ प्रतिशत, ग्लोवल आइएमई र सिभिल बैंकले समान १५.४४ प्रतिशत ब्याजदर तोकेका छन् ।
त्यस्तै, सिद्धार्थ बैंकले १५.५२ प्रतिशत, सनराइज बैंकले १५.९७ प्रतिशत, माछापुछ्रे र बैंक अफ काठमाण्डू बैंकले समान १६.०२ प्रतिशत शैक्षिक कर्जाका लागि ब्याजदर तोकेका छन् ।
साथ, मेगा बैंकले १६.१९ प्रतिशत, लक्ष्मी बैंकले १६.२४ प्रतिशत, एनआईसी एसिया बैंकले १६.५१ प्रतिशत, एनसीसी बैंकले १६.७७ प्रतिशत, एनएमबि बैंकले १८.४९ प्रतिशत र सबैभन्दा बढी कुमारी बैंकले १८.६२ प्रतिशत शैक्षिक कर्जाका लागि ब्याजदर तोकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस