काठमाडौं-विज्ञान प्रयोगशाला र अतिरिक्त क्रियाकलापका लागि पर्याप्त स्थान, उज्याला र चम्किला कक्षाकोठा साथमा आधुनिक बास्केट बल कोर्ट, पुस्तकालय र चमेना गृह।
राणा शासनको सुरुमै १६६ वर्षअघि खुलेको दरबार हाइस्कुलको अहिलेको भौतिक अवस्था हो यो। नेपालमा आधुनिक शिक्षाको सूत्रपात गर्ने यो स्कुलमा त्यतिबेला राजपरिवार र राणाका सन्तान मात्र प्रवेश पाउँथे। बिस्तारै जनताका छोराछोरीले पनि पढ्न पाए।
२०२४ सालमा भानु माविमा परिवर्तन भएको यो स्कुलको राणाकालीन भवन २०७२ सालको भूकम्पले भत्कायो। अहिले विद्यालयको भवन भव्य बनेको छ। दरबार हाइस्कुलको सुविधायुक्त वातावरणमा पढ्न र पढाउन पाउने भएपछि विद्यार्थी र शिक्षक खुसी छन्। तर, विद्यार्थी कसरी जम्मा गर्ने भन्ने समस्या छ।
भवनमा भानु र संस्कृत माविका विद्यार्थी पढ्छन्। दुवै विद्यालयमा मुस्किलले तीन सय ५० विद्यार्थी छन्। थोरै मात्र नियमित स्कुल आउँछन्। पढाइमा देखिएको बेवास्ता र फितलो व्यवस्थापनका कारण विद्यार्थी घट्ने क्रम बढ्दो छ। भवनमा साना ठूला ४६ वटा कोठा छन्। हरेक कोठामा ४५ जनासम्म विद्यार्थी अट्ने क्षमता छ।
पुरानो रूपको तर भित्री भागमा पूरै नयाँ युगको निर्माण सामग्री प्रयोग गरिएको छ। भवन ८० करोड रुपैयाँ लागतमा चीन सरकारले बनाइदिएको हो। विद्यार्थी अभाव हुने भएपछि नयाँ भवनको व्यवस्थापन कसरी गर्ने भन्नेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पनि अलमल्लमा छ। यो समाचार आजको अन्नपूर्ण पोस्टले पहिलो पेजमा छापेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस