काठमाडौँ– गोकर्णेश्वर नगरपालिकाको वडा नं २ भूमिस्थलीमा रहेको बालसुधार माध्यमिक विद्यालयको जग्गा वरिपरिबाट मिचिन थालेको छ ।
विद्यालयमा विद्यार्थी घट्दै जान थालेपछि विद्यालयको जग्गासमेत मिचिएको छ । पुर्जामा विद्यालयको २० रोपनी जग्गा छ । भोगचलनमा आधाजति जग्गा मात्र देखिन्छ । अहिले सुकुम्वासीदेखि स्वास्थ्यचौकीसम्मको भवन बनाउने ठाउँ विद्यालयले नै दिनुपरेको अवस्था छ ।
सामुदायिक विद्यालयका नामको जग्गा वरिपरिका जग्गाधनीले अलिअलि गरी काट्दै जाँदा यस्तो अवस्था आएको वडा नं २का वडाध्यक्ष कृष्णबहादुर पण्डितले बताए । उनले भने “यसरी मासिँदै गएको जग्गा संरक्षणका लागि नगरपालिकाले सार्वजनिक, पर्ती जग्गा संरक्षण समिति गठन गरेको छ, वडास्तरीय समिति पनि गठन भएकाले सबै सार्वजनिक एवं पर्ती जग्गा संरक्षण गर्न लागिएको छ”, उनले भने ।
बीचमा गारेटो बाटो थियो । शहरीकरणसँगै सडक निर्माण गर्न थालेपछि स्थानीय आफ्नो जग्गा दिएनन् । साविकको नयाँपाटी गाविसको वडा नं ४, ५ र ६ वडामा विद्यालयको नाममा जग्गा थियो । विद्यालयका नाममा सात कित्तामा २० रोपनी जग्गा रहेको प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिए । विद्यालयमा हाल ४६० छात्र छात्रा अध्ययन गर्दछन् ।
धेरैले सामुदायिक विद्यालयको जग्गाका बारेमा मतलब नै गर्दैनन् । नगरपालिका, नापी कार्यालयलगायत सरकारी निकायसँग समन्वय गरी विद्यालयका नाममा रहेको जग्गा फिर्ता गराउने अभियानमा लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज चालिसेले जानकारी दिए । नगरपालिकाले पनि नगरपालिकास्तरीय सार्वजनिक एवं पर्ती जग्गा संरक्षण समिति गठन गरी नापजाँच शुरु गर्ने तयारी गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस