हेटौँडा– प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्याको मन्दिर भनिने विद्यालयलाई व्यापारिक केन्द्र बनाउन नहुने बताएका छन् ।
“शिक्षा दिन भनेर सञ्चालन गरिएका विद्यालयले किताब कापीलगायत शैक्षिक सामग्रीको व्यापार गर्नु हुदैन”, आज यहाँ आयोजित नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ प्रदेश नं.३ को दोस्रो साधारणसभामा उनले भने, “किताब बेचेर कमिसन खाने संस्थाले उचित शिक्षा दिन नसक्ने हुँदा यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।”
मुख्यमन्त्री पौडेलले भ्रष्टाचारलाई बढवा दिन प्रत्यक्ष वा अप्रत्यक्षरुपमा भए पनि स्टेसनरी व्यवसायीको भूमिका रहने भएकाले त्यसलाई सच्याइनुपर्ने उल्लेख गर्दै सुशानको अपेक्षा गर्नेले यसका विरुद्ध काम गर्न नहुने बताएका छन्।
“रु ५० को सामान किन्दा रु ५०० को बिल दिने प्रवृत्ति अन्त्य गर्नुहोस्, सामान अनुसारको बिल दिन्छु भनेर साङ्गठनिकरुपमा तत्पर हुनुहोस्, त्यो भ्रष्टाचार नियन्त्रणका लागि ठूलो कदम हुनेछ”, उनले भने , “भ्रष्टाचारीलाई प्रेरित गर्ने खालको शैली अपनाएर देशमा भ्रष्टाचार मौलायो भनेर अरुलाई दोष दिने परिपाटी बन्द गर्नुहोस् ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस