काठमाडौं-काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । बिहिवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो ।
बिहिवार एकैदिन दक्षिणकाली नगरपालिकाका तीन विद्यालयले नयाँ भवन पाएका हुन् । दक्षिणकाली नगरपालिका वार्ड नम्बर ९ को कालीदेवी आधारभूत विद्यालय, वार्ड नम्बर ८ को श्रीकृष्ण मावि र वार्डनम्बर ५ को डोल्लु आधारभूत विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको हो ।
दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, उप प्रमुख बसन्ती डंगोल तामाङले र जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का इकाई प्रमुख अर्जुन रायमाझीले विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेका हुन् ।
अस्थायी टहरामा पठन–पाठन गर्दै आएका विद्यालयहरुलाई नयाँ भवन हस्तान्तरण गर्दै नगर प्रमुख मोहन बस्नेतले अब नयाँ भवनमा गुणस्तरीय शिक्षा दिन शिक्षकहरुसँग आग्रह गरे । नगरभित्रका कुल २० विद्यालय मध्ये १३ विद्यालयहरुले नयाँ पक्की भवन पाइसकेको भन्दै उनले अब नयाँ भवनको संरक्षण र त्यसमा विद्यार्थी भराउने जिम्मा नगरपालिकाले लिने प्रतिबद्धता जनाए ।
सामुदायिक विद्यालयहरु नै भौतिकरुपले सुविधा सम्पन्न भइसकेको अवस्थामा अब छोराछोरी गाडीमा चढाएर अन्तै पढ्न नपठाउन अभिभावकसँग आग्रह गर्दै नगर प्रमुख बस्नेतले गुणस्तरीय शिक्षाको जिम्मेवारी नगरले् लिने स्पष्ट पारे ।
सामुदायिक विद्यालयहरुमा सुविधासम्पन्न भवन, शिक्षक दरबन्दी, शिक्षकहरुसँग विभिन्न तालीम रहेको र अबको आवश्यकता गुणस्तरीय शिक्षाको मात्रै रहेको उनको भनाइ थियो । जाडो विदामा नगरले सबै शिक्षकहरुलाई तीन दिने गुणस्तरीय सिकाइ तालीम दिने उनले स्पष्ट पारे ।
नगरका उपप्रमुख बसन्ती डंगोल तामाङले टहरामा पठन–पाठन गर्दै आएका विद्यालयहरुले अब राम्रो भवन पाएपछि त्यसमा भवन जस्तै सुन्दर शिक्षण सिकाइ गर्न आग्रह गरिन् । अब निजी विद्यालयमा छोराछोरी नपठाउन आग्रह गर्दै उनले अभिभावकहरुसँग सामुदायिक विद्यालयको मार्केटिङ गर्न सुझाब दिइन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंका इकाई प्रमुख अर्जुन रायमाझीले काठमाडौंमा भूकम्प प्रभावित विद्यालयहरुको पुनर्निर्माणले तिब्रता पाएको बताए । अब कोही पनि बालबालिका अस्थायी टहरामा पढ्न नपर्ने भन्दै रायमाझीले काठमाडौंमा केही समयमै विद्यालय पुनर्निर्माणले पूर्णता पाउने स्पष्ट पारे ।
नयाँ भवनमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम विद्यालयको भएको भन्दै उनले यदि गुणस्तरीय शिक्षा दिन सक्दिन जस्ततो लागे पेशा परिवर्तन गर्न शिक्षकहरुसँग आग्रह गरे । ‘अब भवन छैन भनेर बहाना बनाउने छुट छैन’–रायमाझीले भने–‘नयाँ भवन पाएपछि पुरानै शैलीको शिक्षण सिकाइले हुँदैन ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस