काठमाडौँ-आफ्नो खाजाको रकम बचाएर काठमाडौँ चावहिलस्थित एपेक्स लाइफ स्कूल र त्यहाँ अध्ययनरत विद्यार्थीले राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख एक हजार पाँच प्रदान गरेका छन् ।
कीर्तिपुरमा आज आयोजित कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपाने र विद्यार्थीले केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम प्रदान गरेका हुन् ।
नेपाली माटो सुहाउँदो ज्ञान, विज्ञान र अनुसन्धान गर्न खोलिएको केन्द्रमा सरकारको नजर पर्न नसकेको अवस्थामा विद्यार्थीले खाजा रकमबाट बचाएको रकममा विद्यालयले समेत सहयोग गरी उक्त रकम प्रदान गरिएको निर्देशक न्यौपानेले बताए । ‘सरकारले सहयोग गर्नुपर्ने व्यक्तिलाई रचनात्मक र सिर्जनात्मक काम भनेर साङ्केतिक रुपमा हामीले सहयोग गरेका हौँ ‘ विद्यालयका निर्देशक न्यौपानेले भने ।
सो अवसरमा केन्द्रका सञ्चालक पुनले खोज अनुसन्धानमा राज्यले सहयोग नगरेको र न्यून ब्याजदरमा ऋणसमेत उपलब्ध नभएको अवस्थामा पनि जनस्तरको सहयोगमा अनुसन्धानका कार्यहरु भइरहेको उल्लेख गरे ।
केन्द्रमा विद्यार्थीले आफूले कुनै विषयमा अनुसन्धान गर्न चाहेमा आवश्यक सहयोग र सुविधा प्राप्त गर्नसक्ने उनले बताए ।
विसं २०४० सालमा स्थापना भएको यस विद्यालयमा एकदेखि दश कक्षासम्म करिब ४ सय ५० विद्यार्थी अध्ययनरत छन् । निर्देशक न्यौपानेका अनुसार विद्यालयले नेपाली संस्कार र आदर्श अनुरुप संस्कृत भाषा, नैतिक शिक्षाको पठनपाठनमा जोड दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस