भद्रपुर-झापाको बाह्रदशी गाउँपालिकाको वडा नं १ मा रहेको अमृत माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर प्रयोगविहीन बनेका छन्। गत वर्ष प्रदेश सरकार र बाह्रदशी गाउँपालिका वडा नं १ ले सो विद्यालयलाई १९ कम्प्युटर हस्तान्तरण गरेका थिए। गाउँपालिकाले तीन जना घुम्ती शिक्षक कम्प्युटर पढाउन नियुक्तसमेत गरेको छ।
शिक्षकले पढाउन नभ्याउँदा विद्यालयको कोठामा रहेका कम्प्युटरमा माकुराले जालो लगाउन थालेका छन्। प्रधानाध्यापक रामबहादुर बुढाथोकीले विद्यालयसँग कम्प्युटर शिक्षक नभएको र गाउँपालिकाका घुम्ती शिक्षक नियमित नआउँदा दाताले दिएका कम्प्युटर प्रयोगविहीन भएको बताए।
कक्षा ५, ६, ७ र ८ मा कम्प्युटर विषय पठन पाठन हुन्छ। विद्यार्थीले व्यवहारिकता बिना किताबका सैद्धान्तिक शिक्षा पढेका र सुनेका भरमा परीक्षा दिन विवश रहेका छन्। आदिवासी राजवंशी समुदायको बाहुल्य रहेको बाह्रदशी गाउँपालिकामा पाँच माध्यमिक तहसहित १६ सामुदायिक विद्यालय छन्। ती विद्यालयमा कम्प्युटर पढाउन गाउँपालिकाबाटै तलब खुवाउने गरी तीन जना घुम्ती शिक्षक नियुक्त गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेल बताउछन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस