काठमाण्डौ-नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे निर्विरोध निर्वाचित भएका छन। नवगठित समितिको उपाध्यक्षमा देवीदास भट्टराई, द्वितीय उपाध्यक्षमा शेषराज भट्टराई, तृतीय उपाध्यक्षमा कृष्णहरि केसी, महासचिवमा दीपकराज भुसाल चयन हुनुभएको छ। यस्तै प्रथम सचिवमा वासुदेव दाहाल, सचिवमा बिके श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सह-कोषाध्यक्षमा कर्ण गुरुङ सर्वसम्मत चयन भएका छन।
कार्यसमितिको पहिलो बैठकले साधारणसभाले पारित गरेका सुझावसहित सर्वसम्मतिबाट आएका वार्षिक तथा आर्थिक कार्ययोजनालाई पूर्णरूपमा कार्यान्वयन गर्ने सर्वसम्मत निर्णय गरेको छ। अध्यक्ष पाण्डेले वर्तमान समयमा शैक्षिक परामर्श दातृ संस्था सञ्चालनका लागि नीतिगतरूपमा अझै राज्य स्पष्ट भइनसकेकाले नीतिगत सुधारका लागि आफूले पहल थाल्ने बताएका छन्।
मुलुक सङ्घीय संरचनामा गइसकेको छ, शैक्षिक परामर्श दातृ संस्था कुन तहअन्तर्गत रहने भन्ने स्पष्ट नीति आइसकेको छैन जसले यस क्षेत्रमा अन्योलता सिर्जना गरेको छ, शैक्षिक परामर्श क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोणलाई सकारात्मक बनाउँदै समग्र क्षेत्रको विकासमा लाग्नुको विकल्प नभएको निर्वाचित पाण्डेले बताएका छन्।
पाण्डेले शिक्षानीति व्यावसायिकताका लागि मात्रै नभई विद्यार्थी र अभिभावकका पक्षमा समेत बनाउनुपर्ने, समग्र शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउँदै स्वस्थ प्रतिष्पर्धाको वातावरण बनाइ नीतिगत सुधारलाई प्राथमिकतामा राख्ने र इक्यानका सदस्य संस्थालाई विभिन्न प्रकारका तालीम दिनुका साथै क्षमता विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस