धनगढी– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज कुन प्रारुपमा सञ्चालन गर्ने भन्ने विषयमा चाँडो निर्णय गरिने बताएका छन् ।
निर्माणाधीन उक्त मेडिकल कलेजका संरचनासम्बन्धी कामको आज स्थलगतरूपमा निरीक्षण गर्दै मन्त्री ढकालले यो कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्न सकिने बताए ।
मन्त्री ढकालसँगै निरीक्षणमा रहनुभएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पनि उक्त कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्न सकिने बताएका थिए । सो अवसरमा कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले निर्माणको भौतिक प्रगतिबारेमा जानकारी गराएका थिए ।
कार्यकारी निर्देशक साउदले भने, “आगामी एक वर्षभित्र कलेजले अस्पताल सञ्चालन गरिसक्ने गरी काममा तीव्रता दिइएको छ ।” सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको उक्त निर्माणाधीन मेडिकल कलेजका संरचना निर्माणमा पछिल्लो समयमा तीव्रता आएको छ ।
अहिलेसम्म ६५ प्रतिशतभन्दा बढीको भौतिक निर्माण पूरा भइसकेको छ । निर्माणस्थलमा विभिन्न २३ वटा संरचना निर्माणाधीन रहेकामा तीनतले कलेज भवन र तीनतले प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ । चालू वर्षमा पर्खाल, आन्तरिक सडक, फोहर व्यवस्थापन, पानी आपूर्तिको व्यवस्थापन, थप छात्रवास भवन, फर्निचरको काम, अस्पतालका उपकरण खरीदलगायतका कामसमेत गर्न लागिएको छ ।
चालू वर्षमा कलेजका सबै कामका लागि रु एक अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ । नेपाल सरकारले यो कलेज सञ्चालनको प्रारुप (मोडेल) का बारेमा विधेयक तयार पारेर कानूनी परामर्शसमेत गरिरहेको बताइएको छ । सरकारले विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेकोमा प्रक्रियागत ढिलाइका कारण निर्माण भने तीन वर्षअघिदेखि मात्रै शुरु गरिएको थियो ।
निर्माणस्थलमा अस्पताल, कलेज, दुई छात्रावास, प्रशासनिक भवन, चिकित्सक र कर्मचारीका लागि आवासगृहलगायतका २३ संरचना निर्माणधीन छन् । गेटा मेडिकल कलेज ६०० श्ययाको निर्माण गर्ने लक्ष्य छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस