सोल-दक्षिण कोरियाको सुक्म्युङ महिला विश्वविद्यालयले पहिलो पटक तेश्रो लिङ्गिलाई भर्ना लिएको शुक्रवार एक सुचना मार्फत जानकारी दिएको छ । २२ बर्षीय उनलाई प्रवेश परीक्षामा ल्याएको नतिजाका आधारमा भर्ना लिएको क्याम्पस प्रशासनले उल्लेख गरेको छ ।
गत बर्ष मात्र आफ्नो लिङ्ग परिवर्तन गराएका उनलाई उनको पढ्न पाउने नैसर्गिक अधिकारका कारण क्याम्पसले भर्ना लिएको क्याम्पस प्रशासनले जानकारी दिएको छ । भर्ना भएका उनी मानवीकी संकाय अन्तरगत रहि कानुन विषयको अध्ययन आगामी मार्चबाट गर्दै छन् ।
तेश्रो लिङ्गि भएकै कारण विश्वविद्यालय भित्र छिर्न र अध्ययन गर्न नपाउने कुनै नियम छैन भन्दै क्याम्पस प्रशाशनले उनको पढ्न पाउने हकको रक्षा गर्न आफू कटिवद्ध रहेको जनाएको हो । स्थानीय पत्रिकालाई अन्तरवार्ता दिदै नयाँ भर्ना पाएका उनले मेरो कारण अन्य तेश्रो लिङ्गिहरुले पनि पढ्ने अवसर प्राप्त गर्न सकुन र लिङ्ग परिवर्तनको कारण बाट कोही पनि वञ्चित हुन नपरोस् भनेका छन् ।
उनले आफू दक्षिण कोरियाकै पहिलो तेश्रो लिङ्गि अधिवक्ता पार्क हान ही बाट प्रभावित बनेर कानुनको अध्ययन गर्न लागेको पनि जानकारी दिएका छन् । पार्क तेश्रो लिङ्गिहरुको हक हीतका लागी निरन्तर लड्ने पहिलो कोरियाली तेश्रो लिङ्गि अधिवक्ता पनि हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस