कास्की-पोखरा महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न मेकानिक्स विषयमा आगामी वर्षदेखि ‘अटो इञ्जिनीयर डिप्लो’मा शुरुआत गर्ने भएको छ।
महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गण्डकी अटोमेकानिकल वर्कस एशोसिएशनको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उचित स्थान खोजी गरेर ‘अटोल्याण्ड’ निर्माण गरिने जानकारी दिए। “अबको विकास सीपमूलक र दक्ष जशक्तिबाट सम्भव छ। त्यसैले अटो इञ्जिनीयर डिप्लोमा शुरु गर्न लागेको हो।” जिसीले बताए।
अटो मेकानिक्स व्यवसायी सङ्घका अध्यक्ष ठाकुर न्यौपानेले व्यवसाय सञ्चालनमा स्थानीय निकायको सहयोग नपाएको गुनासो गरेका छन्। नेपाल अटो व्यवसायी महासङ्घका अध्यक्ष यमप्रसाद भुसालले प्रमुख शहरमा सुविधा सम्पन्न मेकानिकल व्यवसाय सञ्चालन गर्न अटोल्याण्ड निर्माणमा महासङघ लागेको जानकारी दिए।
एशोसिएशनका अध्यक्ष सानुमान जलारी, पूर्वअध्यक्ष एवं अटोल्याण्ड व्यवस्थापन समिति संयोजक सनतकुमार भट्टराई, पोखरा उद्योग वाणिज्य सङघ सदस्य रामेश्वर अधिकारी, हेटाैडा अटो व्यवसायी सङ्घका अध्यक्ष आनन्दराम पौडेल, चितवन अटो व्यवसायी सङ्घका अध्यक्ष रामबहादुर लोहनी, एशोसिएशनका वरिष्ठ उपाध्यक्ष किरण कपाली, उपाध्यक्ष सन्नोषकुमार मिश्र, महासचिव पुरुषोत्तम सुवेदी, कास्की मोटरसाइकल एशोसिएशनका अध्यक्ष प्रेम गिरी लगायतले एशोसिएशनका क्रियाकलाप व्यवस्थित र वातावरणमैत्री हुनुपर्ने धारणा राखेका थिए। व्यवसायी कृष्णप्रसाद पौडेल, सिकन्दर शाह, अडिमान लिम्बू र पार्वती बराललगायतलाई सम्मान गरिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस