सोल- चीनमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासमा दक्षिण कोरियाका सैयौँ विद्यालयहरु बन्द गरिएको छ ।
कोरोना भाइरस संक्रमित १५ जना नागरिकहरु भेटिए पश्चात अन्यहरुमा पनि सो रोग सर्न सक्ने तथ्यलाई मध्यनजर राख्दै विद्यालयहरु बन्द गरिएका हुन् ।
शिक्षा मन्त्रालयको विज्ञप्ति अनुसार स्प्रिङ सेसनका सम्पूर्ण कक्षाहरु पनि हाललाई बन्द गरिएका छन् ।
विद्यालय बन्दको निर्देशन सरकारले दिएको नभई प्रिन्सिपलहरुको संयुक्त बैठकले गरेको निर्णय भएको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
सोमबार विहान सम्मको सूचनालाई आधार मान्ने हो भने पनि ३ सय ३६ वटा पूर्व प्राथमिक, प्राथमिक तथा माध्यमिक स्तरका विद्यालयहरु अस्थायी रुपमा बन्द गरिएका छन् । बन्द गरिएका मा ९ वटा विद्यालयहरु सोल प्रान्तका १ सय ८९ वटा ख्यंगी प्रान्तका तथा १ सय ३८ वटा उत्तरी छल्ला रहेका छन् ।
दक्षिण कोरियाली शिक्षा मन्त्रालयका प्रवक्ताका अनुसार हाल सरकारले प्रान्तिय सरकार प्रमुखहरु त्था क्षिक्षा विज्ञहरुसँग छलफल गरि यदि विद्यालयहरु दुइ हप्ता भन्दा बढी बन्द गर्ने परिस्थिति आएमा शैक्षिक पात्रो पुनरावलोकन गर्ने तयारीमा लागेको पनि जानकारी दिएका छन् ।
सरकारी अधिकारीहरु विद्यालय तथा विश्वविद्यालयका प्रतिनिधिहरु सँग छलफल गरि सो निर्णयमा पुग्ने पनि जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस